यसरी किन्नुस् प्रतिलिटर २ रुपैयाँ सस्तोमा पेट्रोल र डिजेल

काठमाडौं । सवारीसाधनमा पेट्रोल/डिजेल भरेबापत गरिने भुक्तानी आइएमई पेबाट गर्दा प्रतिलिटर २ रुपैयाँ छुट पाइने भएको छ । आइएमई पेले विभिन्न पेट्रोल पम्पहरुसँग सम्झौता गरेर उक्त छुटको व्यवस्था मिलाएको जनाएको छ । 

आइएमई ग्रुप अन्तर्गतको मोबाइल वालेट आइएमई पेबाट उपभोक्ताले पेट्रोल/डिजेलको भुक्तानी गर्दा प्रतिलिटर २ रुपैयाँ छुट पाइने छ । आइएमई पे एपले डिजेल र पेट्रोल दुवैलाई समेटेको भएपनि कम्पनीले पेट्रोलमात्र लेखेर प्रमोसन गरेको जनाएको छ । 

आइएमई पेले पहिलो चरणमा काठमाडौंसहित बनेपा धुलिखेलसम्म करिब ५० वटा पेट्राल पम्पसँग सम्झौता गरिसकिएको आइएमई ग्रुपका मिडिया तथा जनसम्पर्क प्रमुख राजु पौडेलले बताए । 

‘आइएमई पेले सम्झौँता गरेका पेट्रोल पम्पहरुमा क्यूआर कोडबाट, आइएमई पेको एपमा सम्झौता भएको पम्प देखिन्छ र सम्बन्धित पम्पमा आइएमई पेको प्रमोसनबाट थाहा पाउन सकिन्छ,’ पौडेले मेरोअटोसँग भने । 

एउटा आईएमई पेको प्रयोगकर्तालाई एक पटकमा २५ लिटरको सिमा तोकिएको छ भने, मासिक १०० लिटरसम्म पेट्रोल वा डिजेल छुटमा खरिद गर्न सक्ने छन् ।

आइएमई पेले काठमाडौंपछि पोखरामा समेत यो सुविधा दिन सुरु गरिसकेको छ भने, सुर्खेत तथा धरानबाट पनि उक्त छुट दिने योजना कार्यान्वयन गर्न पेट्रोल पम्पहरुसँग सम्झौता गरिसकेको जनाएको छ । 


Back_to_top