तपाईलाई थाहा छ ? जहाजमा हुने १२ फ्लाईट कन्ट्रोलले के काम गर्छ

Not found

काठमाडौं । हामीले आकाशमा मजाले उडिरहेको हवाई जहाज देख्दा लाग्छ यसको बनावट एक ढिक्का नै हो कि जस्तो । तर हावामा उडेर मानिसले चाहेको स्थानमा पुर्याउन सक्ने सानादेखि भिमकाय जहाजहरु आकाशमा स्वस्छन्द उड्नाका लागि जहाजमा भएका विशेष पार्ट पूर्जाहरुको महत्व त्यतिकै हुने गर्छ । 

एउटा हवाई जहाज बन्नका लागि धेरै प्रकारका पार्टसहरुको समिश्रण हुनु पर्छ । जहाजमा कुनै पनि पाटर्समा केही समस्या भएमा उक्त जहाज उडान योग्य हुँदैन । साथै ती पार्टसहरुलाइ चलाउन जहाजमा रहेकाे फ्लाईट कन्ट्रोल  सिस्टमकाे  विषेश महत्व हुन्छ । 

यहाँ हामीले एकै पटकमा सयौ मानिसलाई यात्रा गराउन सक्ने जहाजमा उड्नका लागि अत्यावश्यक फ्लाईट कन्ट्रोल सिस्टमकाे बारेमा चर्चा गरेका छौ ।

१. फिउसलाज


हवाई जहाजलाई जहाज जस्तो देखाउने मूख्य पार्टस भनेको फिउसलाज हो । जुन स्ट्रकचरले सबै कम्पोनेन्टहरुलाई जोडेर उडाउने काम गर्छ । यसमा नै यात्रु तथा कार्गोको सामानहरु राख्ने स्थान रहेको हुन्छ ।

आधुनिक युगका जहाजहरुमा ८ सय जनासम्म यात्रुहरु (एयर बस ए ३८०) तथा १ लाख १२ हजार ७ सय केजी कार्गो (बोइङ्ग बी ७४७) सम्म अट्ने स्थान रहेको हुन्छ ।

२. ककपीट


हवाई जहाजको बडी फिउसलाज हो भने ककपीट दिमाख हो । ककपीटलाई कमाण्ड तथा कन्ट्रोल सेन्टर पनि भनिन्छ  । यात्रुबहाक जहाजको ककपीटमा कम्तिमा पनि दुईजना पाइलट बस्ने स्थान रहेको हुन्छ ।

ककपीटमा धेरै थरिका इन्टुमेन्ट तथा कन्ट्रोलीङ सुइजहरु हुने गर्छ । यहीबाट जहाजलाई हावामा तथा जमिनमा कन्ट्रोल गर्ने काम हुन्छ ।

३. पावर प्लान्ट (इन्जिन)



सयौँ मान्छेलाई आकाशमा उडाएर सम्बन्धित गन्तव्यमा पुर्याउन जहाजलाई ठूलो शक्तिको आवस्यकता पर्छ । यसका लागि सामान्य तथा जहाजको विङ्सको दूवै तर्फ विसाल इन्जिनको जडान गरेको हुन्छ । यसले उत्पादन गर्ने थ्रष्टले जहाजमा हाइड्रोलीक तथा इलेन्ट्रीक पावर उपलब्ध गराउँछ ।

आधुनिक जहाजहरुमा विभिन्न प्रकारका इन्जिनहरु रहेका हुन्छन् । तर कमर्सियल छोटा दुरीका जहाजहरुमा टर्बोप्रप्स् तथा लामो दूरीका जहाजहरुमा जेट इन्जिन रहेको हुन्छ । लामो दूरीका जहाजहरुमा इन्जिनका अलावा पावर जेनेरेट गर्ने अर्को यूनिट पनि हुन्छ, जसलाई एपीयू (एक्जुलरी पावर यूनिट) भनिन्छ । जसले विमानको मूख्य इन्जिन बन्द रहेको अवस्थामा एसी, लाईट तथा कम्युनीकेसन इक्यिूपमेन्टमा पावर सप्लाई गर्छ । एपीयू जहाजको पूछारमा रहेको हुन्छ, जहाँ एग्जस्टका लागि प्वाल पनि रहेको हुन्छ ।

४. ल्याण्डिङ्ग गियर

 

जहाजलाई उडाउन एक निस्चितको गति आवस्यकता पर्छ जसलाई जहाजको पिधमा जोडिएको ल्याण्डिङ्ग गियरले सहयोग गर्छ । ल्याण्डिङ्ग गियरसँगै जहाजमा ठूला ठूला चक्काहरु जोडिएका हुन्छन । यहि चक्काले जहाजलाई जमिनमा ल्याण्ड गर्दा पनि सहज गराउँछ । 

उडानका क्रममा जहाजमा कुनै समस्या नभएता पनि ल्याण्डिङ्ग गियरमा समस्या आयो भने जहाज दुर्घटनामा पर्ने गर्छ । ल्याण्डिङ्ग गियर जहाज टेकअफ र ल्याण्डिङ्गका बेलामा मात्र बाहिर निस्कन्छ । जहाज उडिसकेपछि यो जहाजको फिउसलाज भित्र लुकेर बस्छ ।

५. विङ्ग


जहाज हावामा उड्नका लागि चाहिने लिफ्ट विङ्गले जेनेरेट गर्छ । विङ्गमा हावाको वहाब भएपछि मात्र जहाजमा लिफ्ट उत्पन्न हुन्छ । विङ्गमा हावाबाट हुने घस्रन कम गर्नका लागि विषेश प्रकारले डिजाइन गरिएको हुन्छ ।

कहिलेकाहि जहाजको इन्जिनले पावर नदिँदा जहाजलाई ग्लाइडिङ्ग गर्नका लागि पनि विङ्गको सहयोग हुन्छ । अझ विङ्गसले पाइलटलाई जहाजको स्पीड बढाउने तथा घटाउने साथै उचाई लिने तथा उचाई घटाउने कार्यमा पनि सघाउँछ । यसले जहाजको एङ्गल अफ अट्याकलाई पनि निर्धारण गर्छ ।  यसकाे आकार  झन्डै जहाजकाे लम्बाई जतीकै ठूलाे हुने गर्छ । 

६. फ्ल्याप्स


यो जहाजको विङ्गसको पछिल्लो भागमा रहेको मुभेवल आइटम हो । जहाजलाई टेकअफका बेलामा गति लिएपछि यहि फ्ल्याप्सको सहयोगमा विङ्गसमा लिफ्ट प्राप्त हुन्छ ।

जहाज उडेर आफ्नो स्पीड पुगेपछि फ्ल्याप्स विङ्गससँगै स्ट्रेट भएर बस्छ । यसले जहाजलाई ल्याडिण्ङ गरिसकेपछि रोक्नका लागि ब्रेकको समेत काम गर्छ ।

७. स्पोइलर 


यसको नामले नै जनाउछ कि यसको काम भनेको बिगार्ने हो । जहाजमा यसले जहाजको गतिलाई कम गराउने काम गर्छ । अर्थात् जहाजको निश्चित गतिलाई कम गर्ने काम स्पोइलरले गर्छ ।

यो विङ्गसको पछिल्लो भागको माथि पट्टी रहेको हुन्छ । जहाँ जहाजको स्पीड कम गर्दाको अवस्थामा विङ्गस माथि उठ्ने गर्छ जसका कारण ड्याग उत्पन्नभई जहाजको गति कम गर्न सहयोग गर्छ ।

८. एलरोन


यसको सहयोगले जहाजको लिफ्टलाई फरक तरिकाले कन्ट्रोल गर्न मद्दत गर्छ । यसले उडानका क्रममा जहाजलाई देब्रे वा दाहिने मोड्न सघाउँछ । दुबै विङ्गसमा रहेको एलरोनले फरक प्रकारले काम गर्छ ।

दाहिने एलरोन माथि जाँदा देब्रे एलरोन तल झर्ने गर्छ, भने देब्रे एलरोन माथि जाँदा दाहिने एलारोन तल आउँछ जसले जहाज दायाँ वा वाँया मोडन सघाउँछ ।

९. होरिजेन्टल स्टेबलाईजर


जहाजको टेल सेग्मेन्टमा रहने होरिजेन्टल स्टेबलाईजरले उडानका क्रममा जहाजलाई कन्ट्रोल गर्न लिफ्ट तथा पीच उत्पादन गर्छ जसले जहाजलाई स्टेबलिटी प्रदान गर्छ । यसले जहाजको उचाइ कम गर्न वा बढाउन सहयोग गर्छ ।

१०. एलिभेटर्स


यसले जहाजको लिफ्ट बढाउन वा घटाउन होरिजेन्टल स्टेबलाईजर सँग–सँगै काम गर्छ । यसको सहयोगमा जहाजको पीच मोसनलाई कन्ट्रोलमा राख्छ । यो होरिजेन्टल स्टेबलाईजरको पछाडि पट्टी हुने गर्छ । यसले जहाजको उचाई कम वा बढाउन समेत सघाउँछ ।

जब एलिभेटर्स माथि उठ्छ जहाजले माथि उचाई लिन्छ भने जब एलिभेटर्स तल फर्कन्छ जहाजको उचाई कम हुदै जान्छ । त्यस्तै एलिभेटर्स सिधा हुँदा जहाज सिधा उड्छ ।

११. भर्टिकल स्टेबलाईजर


भर्टिकल स्टेबलाईजरले जहाजलाई दाँया–बायाँ हुन नदिई कन्ट्रोलमा उडाउन मद्दत गर्छ । भर्टिकल स्टेबलाईजर बिना जहाज उडानका क्रममा स्थायित्व हुँदैन । जहाज दाँया–बाया हल्लिन सक्छ । जसका कारण घर्सन पैदा भई जहाज नै अनकन्ट्रोल हुने गर्छ । यसैमा जहाज कम्पनीहरूले आफ्नो नाम संकेतचिन्ह ब्राण्डिङ गरेका हुन्छन् । 

१२. रडर


रडरले जहाज दाँया–बाँदा हल्लिन दिदैन । यो एक प्रकारको दाँया–बाँया हल्लिने सर्फेस हो जुन भर्टिकल स्टेबलाईजरको सबभन्दा पछाडि रहेको हुन्छ । रडरको प्रयोग जहाज जमिनमा हुदा दाँया–बाँया मोड्न हुन्छ ।

हावामा पनि यसले एलरोनसँगै दाँया–बाँया मोड्नका लागि सँग–सँगै काम गर्छ । त्यस्तै क्रसविण्डमा पनि जहाजलाई स्टेवल गर्न विपरित दिशामा रहि जहाजलाई हावामा स्टेबल गराउन सहयोग गर्छ ।



image not found