यी हुन् नेपाली बजारमा चर्चित ४ भारतमा बनेका एसयूभी (मूल्यसहित)

काठमाडौं । कम्प्याक्ट एसयूभी सेगमेन्टका सवारी प्रति उपभोक्ताको रोजाई रहेको छ । सबैजसो सवारी उत्पादकहरुले यो सेगमेन्टका एसयूभी उत्पादन गरेका छन् । भारतीय बजारमा पछिल्लो केही महिनायता सवारी बिक्री घटि रहेको छ । यसको असर कम्प्याक्ट एसयूभी सेगमेन्टमा पनि स्वभाविक रुपमा देखिएको छ । 

नेपाली बजारमा पनि यो सेगमेन्टका सवारीको बिक्री उल्लेख्य रुपमा वृद्धि भइरहेको छ । सबै जसो सवारी बिक्रेताहरुले कम्प्याक्ट एसयूभी बजारमा उपलब्ध गराएका छन् । भारतीय बजारमा कम्प्याक्ट एसयूभी सेगमेन्टको लिडर हुन्डाई क्रेटा रहेको छ । नेपालमा तथ्यांक बाहिर नआएपनि क्रेटा नै सेगमेन्ट लिडर हुनसक्छ । तर, पछिल्लो समयमा सब–कम्प्याक्ट एसयूभीको बिक्री समेत निकै बढेको छ ।

हामीले यहाँ कम्प्याक्ट एसयूभी सेगमेन्टका ५ विभिन्न मोडलको बारेमा उल्लेख गरिएका छौं । 

१. हुन्डाई क्रेटा 


हुन्डाई क्रेटा भारतीय बजारमा मेमा ९ हजार ५४ वटा बिक्री भएको थियो । क्रेटा भारतमा मात्र होइन नेपाली बजारमा पनि निक्कै रुचाइएको एसयूभी हो । हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा बजारमा ल्याएको हो । विभिन्न भेरियन्टमा उपलब्ध क्रेटाको नेपाली बजार मूल्य ४३ लाख १६ हजारदेखि ५८ लाख ९६ हजार रुपैयाँसम्म रहेको छ । 

२. महिन्द्रा स्मर्पियो


महिन्द्राको लोकप्रिय एसयूभी स्कर्पियो भारतमा २००२ मा सार्वजनिक भएको हो । भारतीय बजारमा यो गाडी निक्कै लोकप्रिय रहेको छ । भारतका साथै स्कर्पियो नेपाली बजारमा पनि धेरै रुचाइएको अफरोड गाडीमा पर्छ । नेपाली बजारमा महिन्द्राका गाडी अग्नी इनकर्पोरेटेडले बिक्री गर्दै आएको छ । महिन्द्रा स्कर्पियोको नेपाली बजार मूल्य ५१ लाख ५८ हजार रुपैयाँदेखि ७१ लाख २५ हजार रुपैयाँसम्म रहेको छ । 

४. रेनो डस्टर 


फ्रेन्च कार उत्पादक कम्पनी रेनोको कम्प्याक्ट एसयूभी डस्टर निक्कै चर्चित छ । भारत तथा नेपालमा दुवै बजारमा यो एसयूभी उपभोक्ताको रोजाईमा परेको छ । तर पछिल्लो समय भारतीय बजारमा डस्टर बिक्रीमा भने गिरावट आएको छ । नेपाली बजारमा एडभान्स अटोमोबाइलले रेनोको डस्टर उपलब्ध गराउँदै आएको छ । डस्टरको बजार मूल्य ३९ लाख ९० हजारदेखि ५८ लाख ६२ हजार ५ सय ५३ रुपैयाँसम्म रहेको छ ।  

४. निसान किक्स


जापानी कार उत्पादक कम्पनी निसानको किक्स उत्पादन तथा सार्वजनिक भए लगत्तै निक्कै चर्चित भएको थियो । अहिले पनि भारतीय बजारमा किक्सको चर्चा उत्तिकै छ । तर चर्चाको बिषय भने यसको बिक्रीमा आएको उच्च गिरावटका कारण हो । निसानले २०१९ को मेमा ७९ वटामात्र किक्स बिक्री भएको जनाएको छ । नेपाली बजारमा पायोनियर मोटर्सले बिक्री गर्दै आएको निसान किक्स चर्चित नै रहेको छ । निसान किक्सको नेपाली बजारमा ४७ लाख ९९ हजारदेखि ५९ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ । 


Back_to_top