एक वर्षभित्र प्रिमियम सेग्मेन्टमा यामाहा मार्केट लिडरः मोताेफुमी सिताराको अन्तर्वार्ता

Not found

यामाहा इन्डियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक मोताेफुमी सितारा केही दिनअघि नेपाल आएका थिए । उनले नेपालमा यामाहाको बिक्री, त्यसपछिको सेवा र यामाहा प्रति ग्राहकको चासोलाई बुझन यसरी हरेक क्षेत्रमा आफ्नो भ्रमणलाई केन्द्रित गर्ने गरेको बताए । नेपाल सरकारले बजेट ल्याएको भोलिपल्ट सितारासँग यामाहाको विश्वव्यापी अवस्था, नेपालमा कम्पनीको उपस्थिति, नयाँ उत्पादन र नेपालमा नै यामाहाका मोटरसाईकल एसेम्वल गर्ने विषयमा कृन्द्रित रहेर मेरोअटोको लागि ब्रबिम बिक्रम थापाले गरेको कुराकानीको सारसंक्षपः  

विश्वव्यापी अटोबजारमा यामाहाको उपस्थितिबारे केही बताइदिनुस् न ।

विश्व बजारमा यामाहाको सबैभन्दा ठूलो शक्ति भनेकै ‘एक्साइटमेन्ट’ हो । नेपालमा चाँही हामी प्रिमियम सेग्मेन्टमा पनि छौं । बजारको कुरा गर्दा हामी भारतीय बजारमा आगामी ५ वर्षभित्र १० प्रतिशत बजार हिस्सा ओगट्ने लक्ष्यका साथ अघि बढेका छौं । अहिले नेपालमा हाम्रो बजार हिस्सा १५ र १६ प्रतिशतको बीचमा छ । बंगलादेश र श्रीलंका जस्ता देशमा पनि हाम्रो उपस्थित राम्रो छ । समग्रमा भन्नुपर्दा दक्षिण एसिया हाम्रो लागि ठूलो रणनीतिक महत्व भएको क्षेत्र हो ।

‘जापानिज स्टाइल’ भनेर ‘क्वालिटी कन्ट्रोल’को पाटो सम्बन्धी कुरा गर्न खोजिएको हो भने चाँही हामी त्यसमा सचेत छौं ।

नेपाली बजारमा यामाहा अहिले तेस्रो स्थानमा छ । योभन्दा माथी उक्लन तपाईंका केही विशेष रणनीति छन् कि ?

नेपालमा हाम्रो रणनीति भनेको ‘स्पाेर्टस्’ मोडल हो । हामीले केही समयअघि उतारेको मोडल ‘एफजी डबल डिस्क’लाई उदाहरणको रुपमा लिन सक्नुहुन्छ । त्यसपछि ल्याएको ‘एफजी–२५’ ले पनि त्यस्तै खाले कमाल गरिरहेको छ । ‘एफजी भी–३’ र ‘आर१५ भी–३’ पनि आर्कषक स्पोर्टस् मोडल हुन् जो नेपालमा निकै रुचाइए । यी सबै बाइकबीच समानता के हो भने यी ‘स्टाइलिस’ छन् र ‘पर्फमेन्स’ पनि बेजोड छ । यी बाइकहरु नै हाम्रा भावी रणनीति हुन् । हामीलाई विश्वास छ नेपाली मोटरसाइकल बजारको प्रिमियम सेग्मेन्टमा अबको एक वर्षमा हामी एक नम्बरमा आउनेछौं । यामाहा एफजी सिरिजको मद्दतले हामी मार्केट लिडर बन्नेछौं । 

नेपालले सन् २०२० लाई ‘भ्रमण वर्ष’को रुपमा मनाउँदैछ । यामाहाको ‘राइडिङ कल्चर’ धेरै चर्चित छ । यो पृष्ठभूमिमा यामाहा ब्रान्डको प्रर्वद्धन र यामाहा राइडरलाई नयाँ अनुभव प्रदान गर्न कुनै रुपमा भ्रमण वर्ष २०२० सँग जोडिने योजना बनाउनु भएको छ ?

यो वास्तव मै राम्रो ‘आइडिया’ हुन सक्छ । हामी दैनिक प्रयोजनको लागि मात्र नभएर ‘राइडिङ फन’को लागि पनि मोटरसाइकल निर्माण गर्छौं । र, भ्रमण वर्षमा नेपाल घुम्न आउने भनेकै रोमाञ्च र ‘फन’को लागि हो । त्यसैले, यो कार्यक्रममा सहभागिता पक्कै पनि लाभदायक हुन्छ । भर्खरै सार्वजनिक भएको नेपालको बजेटमा सरकारले साहसिक खेलहरुलाई पनि प्राथमिकतामा राखेको रहेछ । र, हामीले गर्दै आएको ‘रोडिज् क्याम्पेन’ भ्रमण वर्षको लागि उपयोगी हुन्छ भन्ने हाम्रो विश्वास छ ।


अब तपाईंहरुको नयाँ बाइकतर्फ लागौं । भारतीय बजारमा यामाहा ‘एमटी–१५’को चर्चा कस्तो छ ?

नेपालमा अबको २ महिनामा यो बाइक लञ्च गर्ने योजना छ । यो ‘मोस्ट अवेटेड प्रिमियम मोडल’ हो । भारतमा यसको पर्फमेन्सले हामीलाई उत्साही बनाएको छ । नेपालमा पनि यसले बजारमा नयाँ तरंग ल्याउने हाम्रो अपेक्षा छ ।

नेपाली बाइक प्रेमीहरूले जापानी स्टाइलको मोटरसाइकल बढी रुचाएको पाइन्छ । नेपालीको यो मनोविज्ञानलाई ‘क्यास’ गर्न तपाईंहरुको अनुसन्धान तथा विकास विभाग (रिर्सच एण्ड डेभलप्मेन्ट) ले कस्तो काम गरिरहेको छ ?

‘रिर्सच एण्ड डेभलप्मेन्ट’ विभागले कम्पनीपिच्छे फरकफरक ढंगले काम गर्छ । हाम्रो कम्पनीमा चाँही यो विभागले सुरक्षा र पर्फर्मेन्सलाई चुस्त बनाउने हेतुले काम गर्छ । त्यसैले ‘जापानिज स्टाइल’ भन्ने कुरा हाम्रा लागि त्यत्ति धेरै महत्वपूर्ण विषय होइन । हाम्रा ग्राहकको सुरक्षा नै सबैभन्दा महत्वपूर्ण कुरा हो । ‘जापानिज स्टाइल’ भनेर ‘क्वालिटी कन्ट्रोल’को पाटो सम्बन्धी कुरा गर्न खोजिएको हो भने चाँही हामी त्यसमा सचेत छौं ।

नेपालमै मोटरसाइकल ‘एसेम्बल’ गर्ने चर्चा धेरै चल्न थालेको छ, पछिल्लो समय । यदि भविष्यमा नेपालका लागि तपाईंको आधिकारिक डिलर ‘एमएडब्लु’ले नेपालमै मोटरसाइकल ‘एसेम्बल’ गर्ने प्रस्ताव ल्यायो भने तपाईंको कस्तो सहयोग रहन्छ ?

‘सिबियु युनिट’ (सम्पूर्ण रुपमा मोटरसाइकल उत्पादन गर्ने क्षमता भएको प्लान्ट) बनाउनको लागि नेपालमा तत्काल सम्भव छैन । तर, ‘सिकेडी’ (पार्ट पूर्जा ल्याएर यहाँ जडान गर्ने) युनिट बनाउन सकिन्छ कि भनेर हामी प्रारम्भिक अध्ययन कै चरणमा छौं । अध्ययनको समग्र रिर्पोट नआइञ्जेल यसमा थप बताउन सकिने अवस्था छैन ।



image not found