नेपालमा ८० प्रतिशत बजार हिस्सा हाम्रो छ: ऋतुमोहन शर्माको अन्तर्वार्ता

Not found

विगत ५५ वर्षदेखि ग्यारेज इक्यूपमेन्ट उत्पादन गर्दैआएको एटस एलजी भारतीय बजारमा निकै चर्चित कम्पनी हो । नेपाली बजारमा पनि निकै लामो समयदेखि हिटको प्रालिले बिक्री–वितरण गर्दैआएको एटस एलजीका उत्पादनले थुप्रै ग्यारेजहरू सञ्चालन भइरहेका छन् । यसै सन्दर्भमा नेपाली बजारमा आफ्नो ब्रान्डको उपस्थितिलगायतका विषयमा कम्पनीका अन्तर्राष्ट्रिय सेल्स हेर्ने सिनियर मेनेजर रितुमोहन शर्मासँग मेरोअटोले गरेको कुराकानीको सारसंक्षेपः

ग्यारेज इक्यूपमेन्टमा एटस एलजी निकै चर्चित नाम बन्दै गएको छ । कम्पनीको उपस्थिति र बजार विस्तार कस्तो रहेको छ ?

मुख्यतया हामी अटोमोवाइल सेक्टरसँग जोडिएको ग्यारेजमा प्रयोग हुने इक्यूपमेन्ट निर्माण गर्ने कम्पनी हौं । गाडीको सर्भिस र वासिङ्गमा प्रयोग हुने औजारहरू हामी उत्पादन गर्छौं । यसलाई नेपाली बजारमा विगत ३५ वर्षदेखि हिट्कोले बिक्री–वितरण गर्दैआएको छ ।

अहिले वार्षिक १०० भन्दा बढी ग्यारेज नेपालमा खुलिरहेको छ । त्यसमा करिब ८० प्रतिशत बजार हिस्सा हाम्रो रहेको छ ।

नेपालका सबै स्थान हाम्रा उत्पादनहरूको पहुँच रहेको छ । अटोमोवाइल क्षेत्रमा लामो समयसम्म कामलाई निरन्तरता दिन सकेको खन्डमा यसको विश्वसनियता बढ्दै जान्छ । यस मामलामा हामी खरो उत्रेका छौँ । हिट्कोले नेपाली बजारमा आफ्नो विश्वनियतालाई निकै बलियो बनाएको हामीले पाएका छौँ । हामीले बनाएका नेपालका धेरै ग्यारेजहरू निकै उत्कृष्ट रहेका छन् । हामीलाई पूरा विश्वास छ, हिट्कोले नेपाली बजारमा ग्यारेज सामान सप्लाईमा निकै राम्रो गरिरहेको छ । त्यसो हुनुको मुख्य कारण यसका सञ्चालक प्रदीपमान प्रधानको व्यक्तिगत सम्बन्धलगायतका विषयले पनि निकै ठूलो भूमिका खेलेको छ ।

नेपालमा वार्षिक कति सङ्ख्यामा ग्यारेज निर्माण हुने गरेको छ ?

नेपालमा अटोमोवाइल सेक्टरको पहुँच विस्तार हुँदै गएको छ । बल्ल यहाँको बजारले बिक्रीभन्दा पनि सर्भिस महत्वपूर्ण कुरा हो भन्ने विषय बुझ्दैछ । म अहिले यहाँ विभिन्न गाडी बिक्रेता कम्पनीसँग भेटघाटमा नै छु । सबैले आफ्नो सर्भिस सेन्टर विस्तारको योजना बनाइरहेको पाएको छु । अहिले वार्षिक १०० भन्दा बढी ग्यारेज नेपालमा खुलिरहेको छ । त्यसमा करिब ८० प्रतिशत बजार हिस्सा हाम्रो रहेको छ ।

अब झनै ग्यारेजको सङ्ख्या वृद्धि हुने देखिएको छ । त्यसका लागि गुणस्तरीय सामानको सप्लाई हाम्रो पहिलो प्राथमिकतामा रहेको छ । बजार बढाउने कोशिष हामीले जारी राखेका छौँ ।

एटस एलजीले अहिले कति देशमा आफ्ना सामान सप्लाई गर्ने गरेको छ ?

भारतबाहेक करिब ३८ देशमा हाम्रो उपस्थिति रहेको छ । यी सबै देशमा हुने निर्यात मैले नै हेर्ने भएकाले यसमा मलाई बोल्न पनि निकै सजिलो छ । धेरैजसो भारतीय प्रयोगकर्ता र लगानीकर्ता भएको ठाउँमा हाम्रा उत्पादन बिक्री हुने गरेको छ । हाम्रो कम्पनी पूर्णतः भारतीय कम्पनी हो । हामीले ५५ वर्षको यात्रातय गरिसकेका छौँ । यति लामो समयदेखि हामीले आफ्नो उत्पादन बजारमा पठाइरहेका छौँ भने भारतीयहरूका बीचमा हाम्रो कम्पनीको विश्वसनियता बढी हुनु स्वभाविक हो ।

म तपाईलाई एउटा घटना सुनाउन चान्छु । केही समय अगाडि युगान्डामा एउटा ग्यारेज निर्माण गर्ने विषयमा छलफल भएछ । त्यहाँ भारतको गुजराती समुदाय व्यवसाय सञ्चालन गरिरहेको छ । त्यहाँ उनीहरूले काम गर्न मेकानिक्सहरू भारतीय बजारबाट लगेछन् । त्यसपछि ग्यारेज सामान किन्ने छलफल हुँदा ती कामदारहरूले भारतबाट एटस एलजीकै सामान मगाउनुपर्छ भन्ने निष्कर्ष निकाले छन् । त्यसपछि हामी युगान्डाको बजारमा प्रवेश गर्यौं । आज त्यहाँका धेरै ग्यारेजमा हाम्रा मेसिनहरू जडान भएका छन् ।

यदि दैनिक २० देखि २५ गाडीलाई सबै किसिमका सुविधासहितको सर्भिस दिने हो भने करिब ९० लाख देखि १ करोड नेपाली रुपैयाँको इक्यूपमेन्ट लाग्छ । 

मूल्यका हिसावले चिनीयाँ बजारमा उत्पादन भएका सामान सस्ता छन्, तर हामी क्वालिटीअनुसारको मूल्य बेष्ट छ । त्यसैले हाम्रा उत्पादनको माग धेरै देशमा बढी रहेको छ ।

ग्यारेज उपकरणसँग जोडिएका कति प्रडक्टहरू एटस एलजीले उत्पादन गरिरहेको छ ?

ग्यारेजमा प्रयोग हुने १०० भन्दा बढी प्रडक्ट हामी उत्पादन गर्छौं । तर, ग्यारेजमा कतिवटा प्रडक्ट भन्नुभन्दा कुन ग्रुपमा कति उत्पादनभन्दा उपयुक्त हुन्छ । लिफ्टीङ्ग, वासिङ्ग, बडीसप (क््रयास रिपिएर), लुब्रिकेटिङ्ग इक्यूप, ल्यूमेटिक टुल्स, एअर कम्प्रेसरलगायतका मुख्य उपकरण हामी बनाउँछौँ ।  

एउटा राम्रो ग्यारेज खोल्नुपरेको खन्डमा आजको दिनमा कति खर्च आउँछ ?

ग्यारेजमा कुन–कुन सेवा दिने सोच छ, सोहीअनुसार खर्च लाग्ने हो । कति क्षेत्रफलमा फैलिएको र दैनिक कति सङ्ख्यामा सवारीसाधनलाई सर्भिस दिने हो भन्ने विषयले खर्चको हिसाब निर्धारण गर्छ । यदि दैनिक २० देखि २५ गाडीलाई सबै किसिमका सुविधासहितको सर्भिस दिने हो भने करिब ९० लाख देखि १ करोड नेपाली रुपैयाँको इक्यूपमेन्ट लाग्छ । यसमा मुख्यतया औजारको मात्रै खर्च आउँछ ।

भारतमा कुनै गाडी उत्पादकसँग मिलेर काम गरिरहनुभएको छ ?

भारतीय बजारमा डिलर नेटवर्कमा आधारित रहेर ग्यारेज खोल्ने गरिएको छ । त्यसका लागि गाडी उत्पादकको रेकिमेन्डेसन मुख्य विषय रहन्छ । हामी धेरैजसो गाडी उत्पादकसँग मिलेर काम गरिरहेका छौँ ।

तपाईंहरूको सामानमा वारेन्टी कस्तो रहेको छ ?

हामीले हाम्रा उत्पादनमा एक वर्षको वारेन्टी दिने गरेका छौँ । यदि वारेन्टीको समय अवधिमा मेसिनमा कुनै किसिमको समस्या आएको खन्डमा हामी आफ्नै खर्चमा त्यसको समाधान गर्नेछौँ । त्यसपछि पनि हामी वार्षिक मेन्टिनेन्स एग्रीमेन्ट गरेर काम गर्दैआएका छौँ ।

अब चर्चा इलेक्ट्रीक सवारीसाधनको सुरु भएको छ । ईभीको बजार हिस्सा बढेसँगै एटस एलजीको रणनीति कस्तो हुन्छ ?

हाम्रो व्यवसाय इलेक्ट्रीक सवारीसाधन आउँदा पनि खासै फरक पर्दैन । गाडी सर्भिसिङ्ग गर्नु नै पर्छ । यदि ठोकिएको खन्डमा बनाउनुपर्छ नै । गाडी धुनुपर्छ नै । यस हिसाबले हेर्दा ग्यारेजको महत्व घट्दैन । बढ्छ नै ।




image not found