अरुले होटलमा चार्जिङ्ग स्टेशन राख्दैछन्, हामी हरेक गाडीमा एउटा चार्जर दिन्छौ

Not found

एमजी मोटर्सले नेपाली बजारमा आफ्नो उत्पादनको बिक्री वितरण सुरु गरेको ४ वर्ष पुगेको छ । पुरानो आयातकर्ता कम्पनीनै नयाँ समुहले खरिदगरी एमजीका उत्पादन पारामाउन्ट अटोमोवाइल कम्पनीले बिक्री वितरण गर्दै आएको छ । अहिले पारामाउन्ट मोटर्सले एमजी (मोरिस ग्यारेज) का उत्पादन जेडएस र जिएस मोडलको एसयूभीहरु बिक्री गर्दै आएको छ भने नयाँ इलेक्ट्रीक इजेडएसको बुकिङ्ग लिइरहेको छ ।

कम्पनीले ल्याएको इलेक्ट्रीक कारको बुकिङ्ग खुल्ला भएको करिब २२ दिन भएको छ । यस अवधिमा कम्पनीले लिएको बुकिङ्ग ग्राहकको अपेक्षा र कम्पनीको तयारीका विषयमा कम्पनीका जनरल मेनेजर सचिन अर्यालसँग मेरोअटोले गरेको कुराकानीको सारसंक्षपः

इलेक्ट्रीक गाडी इजेडएसको बुकिङ्ग खोल्नु भएको छ, ग्राहकबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

बुकिङ्ग खोल्नुअघि नै केही ग्राहकले तपाईहरुको इलेक्ट्रीक कार ल्याउनु पर्यो भन्नु भएको थियो । त्यसपछि हामीले कम्पनीसँग सल्लाह गरेर उनिहरुले दिएको अनुमति अनुसार बुकिङ्ग खुल्ला गरेका हौं । यस अवधिमा धेरै ग्राहकले हाम्रो शोरुम भ्रमण गरेर पहिले पेट्रोल भर्सनको इजेड हेर्नु भयो र यही गाडी इलेक्ट्रीकमा आउने हो भनेपछि बुकिङ्ग गर्नु भएको छ । इन्टरनेटमा हेरेको रिभ्यूको भरमा ग्राहकले गाडी बुकिङ्ग गर्नु भएको छ । यसले के देखाउँछ भने अब नेपाल इलेक्ट्रीक गाडीमा प्रबेश गरिसकेको छ । यहि रफ्तारमा जाने हो भने हाम्रा दुई छिमेकी देशभन्दा पहिला नेपाल इलेक्ट्रीक गाडी धेरै प्रयोग हुने देशमा पर्छ ।

नेपालमा अब १२ लाखदेखि एक करोड ७५ लाखसम्मको इलेक्ट्रीक कार बिक्री हुने देशमा परेको छ । यस्तोमा तपाईहरुको स्थान कहाँ पर्छ ?

इलेक्ट्रीक कारको सबैभन्दा महत्वपूर्ण कुरा व्याट्री, गाडीको बडी र सुविधा युक्त फिचर हुन् । व्याट्रीको कुरागर्दा रेञ्ज, बडीको कुरागर्दा सुरक्षा महत्वपूर्ण हुन्छ भने सुविधाजनक फिचर मानिसले खोज्ने नै भए ।

सस्ता गाडीमा दिइने व्याट्री केही कम्पनीले त लिडएसीड भएका ल्याएका छन् भने लिथियम आएन व्याट्री भएका गाडीको पनि निकै कम रेञ्ज रहेका छन् । महंगा गाडीमा अउडी नेपाल आउँदै छ । यस्ता गाडी केही सिमित व्यक्तिको पहुाचमा मात्रै छ । बजारमा ५५ लाखदेखि ६८ लाखसम्मका इभी अहिले सबैभन्दा धेरै चर्चामा रहेका छन् ।

एनइडीसीले बिभिन्न कन्डिसनमा परिक्षण गर्दापनि हाम्रो गाडीले ३३५ किलोमिटर माइलेज दिने देखाएको छ । त्यसैले यी दुबै कुरा हामीले ग्राहकलाई भन्दै आएका छौं ।  

यस्तोमा हाम्रो गाडीको प्रतिस्पर्धा यही क्याटागोरीमा हुने हो । अहिले इलेक्ट्रीक गाडीमा सजिलै बैंकले दिने कर्जाले पनि इलेक्ट्रीक गाडीलाई प्रोत्साहन गरेको छ । सरकारले इलेक्ट्रीक गाडीमा कायम गरेको न्यून करका दरले पनि इलेक्ट्रीक गाडीको बजार बढ्न सहयोग पुगेको छ । त्यसैले हाम्रो गाडीले इभी प्रेमीको मन जित्ने कुरामा कुनै संका छैन ।

तपाईहरुले दाबी गरेअनुसारको यो गाडिले ४२८ किलोमिटर रेञ्ज गाडीले दिन सक्दैन भन्ने कुरा आएको छ । तपाईहरुको गाडीले दिने वास्ताविक रेञ्ज कति हो ?

गाडीको माइलेज मापन संसारभर एउटै मापदन्डमा रहेर गरिने हो । हामीले अहिले दावी गरेको रेञ्ज गाडीलाई ६० किलोमिटरको समान रफ्तारमा गुडाउँदा ४२८ किलोमिटर रेञ्ज आउँछ भनेको हो । जसरी आइसी इन्जिन युक्त गाडीको रेञ्ज २२ किलोमिटर भनेको हुन्छ तर वास्तविक सडकको अवस्थाले दावी गरेको माइलेज त आउँदैन नी ।

७ किलोवाटको एसी चार्जर हरेक खरिदमा दिएपछि घरमै वा आफ्नो पाएक पर्ने स्थानमा उहाँहरुले आफैँ आफ्नो गाडी चार्ज गर्न सक्नु हुन्छ । 

इलेक्ट्रीकमा पनि सडकको अवस्था, मौसमको अवस्था र ड्राइभिङ ह्यावीटले माइलेज निर्धारण हुने हो । एनइडीसीले बिभिन्न कन्डिसनमा परिक्षण गर्दापनि हाम्रो गाडीले ३३५ किलोमिटर माइलेज दिने देखाएको छ । त्यसैले यी दुबै कुरा हामीले ग्राहकलाई भन्दै आएका छौं ।  

अहिले बजारमा गाडी बिक्री गर्ने अन्य कम्पनीहरुले देशका बिभिन्न स्थानमा चार्जिङ स्टेशन लगाउँन सुरु गरेका छन् तपाईहरुको तयारी कस्तो छ ?

बजारमा बिभिन्न ब्रान्डले राखेको चार्जर एसी चार्जर हो । उहाँहरुले बिभिन्न होटल तथा रेष्टुराहरुमा लगाउनु भएको छ । तर, हामीले ग्राहकलाई हरेक गाडीसँगै एक एकवटा एसी चार्जर दिने भनेका छौं । ७ किलोवाटको एसी चार्जर हरेक खरिदमा दिएपछि घरमै वा आफ्नो पाएक पर्ने स्थानमा उहाँहरुले आफै आफ्नो गाडी चार्ज गर्न सक्नु हुन्छ । डिसी फास्ट चार्जर महंगो प्रविधि भएकाले अहिलेसम्म मेरो जानकारीमा भएसम्म कियाले कुरिनटारमा राखेको छ । सुन्दै छु उहाँहरुले सोलको लागि राखेको उक्त चार्जिङ स्टेशनमा उहाँहरुकै निरो चार्ज हुन कठिन छ । त्यसैले फास्ट डिसी चार्जरको लागि सरकारी तवरबाटै प्रयास हुनुपर्छ ।

विद्युत प्रधिकरण अहिले चार्जिङ्ग स्टेशन निर्माणमा जुटेको छ । त्यो व्यवसायीक रुपमा निजी क्षेत्रले काम गरेर अगाडि जान सक्ने अवस्था देखिएको छैन । त्यसैले सरकारी तवरबाट नै फास्ट डिसी चार्जर लगाउनु पर्ने देखिएको छ ।

इलेक्ट्रीक सवारीसाधनको लागि चाहिने दक्ष जनशक्ती कसरी तयार गर्दै हुनुहुन्छ ?

३ महिना अगाडि हाम्रा इन्जिनियरहरुले तालिम लिएर आएका छन् । अब अन्य प्राविधिकलाई तालिममा पठाउने तयारी गरिरहेका छौ । जनशक्तीकै कारण गाडीको मर्मतमा कुनै समस्या हुँदैन हामी पूर्ण तयारीमा छौं ।

इलेक्ट्रीकको भिडमा एमजीको स्थान कहाँ हुन्छ ?

अहिलेकै मूल्यमा हामीले निरन्तर गाडी बिक्री गर्न सक्ने हो भने यो सेग्मेन्टमा एमजी पहिलो नम्बरमा आउँछ ।



image not found