भारतको तुलनामा सस्तो मूल्यमा अप्रिलिया स्ट्रोम बिक्री गर्दैछौंः बिवेक दुगर्डको अन्तर्वार्ता

Not found

एमभी दुगर्ड समुहले बिभिन्न अटोमोबाइल ब्रान्डका उत्पादनहरु नेपाली बजारमा बिक्री गर्दै आएको छ । भारतीय बजारमा उत्पादन हुने महिन्द्राका कमर्शियल उत्पादन, बेलायती ब्रान्ड रोयल इन्फिल्ड, जोन डियरका ट्याक्टर, पियाजियो कम्पनीका थ्रि ह्वीलर्स र भर्रखरैबाट पियाजियोका दुईपाङ्ग्रे सवारीसाधन अप्रिलिया र भेष्पाका उत्पादन बिक्री वितरण गर्दै आएका एमभी दुगर्ड समुहका भाइस चेयरम्यान बिवेक दुगर्डसँग मेरोअटोले गरेको कुराकानीको सम्पादीत अंशः 

दुईपांग्रे सवारीमा नयाँ ब्रान्ड ल्याउनु भयो, कस्तो देख्नु भएको छ यसको बजार ?

दुगर्ड समूहले राम्रा र गुणस्तरिय उत्पादनहरु नेपालमा बिक्री गर्दै आएको छ । दुईपांग्रेमा रोयल इन्फिल्ड, नयाँ ल्याएको भेस्पा अप्रिलिया, महिन्द्रा, जोनडियर जस्ता विश्वसनिय ब्रान्डका उत्पादन बिक्री गर्दै आएका छौं । 

अहिले नेपालको अवस्था हेर्दा दुई पांग्रे सवारी सार्वजनिक यातायातकै रुपमा प्रयोग भएको छ भन्दा फरक नपर्ला । तत्काल नै नेपालको सार्वजनिक यातायात सुध्रिहाल्ने अवस्था देखिँदैन । अर्को कुरा हाम्रो जस्तो विकासशील मुलुकमा त्यसका लागि लामो समय लाग्ने देखिन्छ  । त्यसैले हामीले आम उपभोक्तालाई सहज र सुलभ रुपमा मोटरसाइकल स्कुटर उपलब्ध गराउने उद्देश्यका साथ आएका छौं । 

सार्वजनिक यातायात सहज नहुन्जेल मोटरसाइकल नै सार्वजनिक यातायातको रुपमा रहेकाले हामीले अझै राम्रो गर्न सक्छौं भनेर नयाँ ब्रान्ड सहित आएका हौं । 

चालू आर्थिक वर्षका लागि यो रेट निधारण गरेका हौं । त्यसपछि यसको मूल्य वृद्धि हुन्छ । 

अर्को हामीले पहिलादेखि बिक्री वितरण गर्दै आएको रोयल इनफिल्डका मोटरसाइकल प्रिमियम मोटरसाइकलमा पर्छन् । जुन लामो यात्रामा धेरै प्रयोग दुँदै आएको छ । यसले पर्यटन प्रवर्धनमा पनि सहयोग गरेकै छ । गत वर्ष सरकारले कर बढाएका कारण यसमा ठूलो धक्का पुगेको छ । अर्को कुरा भेस्पा अप्रिलिया स्कुटर निक्कै चर्चित रहेको छ । हामी यस मार्फत मासमा जाने खोजेका हौं । पियाजियो ग्रुपसँगको सम्बन्धका कारण हामी अप्रिलिया भेस्पासँग जोडिएका हौं । 

मासमा जाने कुरा गर्नु भयो । बजार प्रतिस्पर्धी त छँदैछ, भेस्पा अप्रिलिया अलिबढी सहरी सवारीका रुपमा हेरिन्छ । यो चुनौतिको सामना कसरी गर्नु हुन्छ ?

मास भन्ने वित्तिकै हामी सस्तोमा जाने भन्न खोजेका होइनौं । सस्तो बजार नै लिने हो भने त चीनबाट धेरै ब्रान्डका सवारी ल्याउन सकिन्छ । तर हामी गुणस्तरिय उत्पादन दिने कुरामा केन्द्रीत हुन्छौं । दुगर्डको नीति पनि गुणस्तर र प्रिमियम ब्रान्डका सामान बिक्री गर्ने हो । मानिसको चाहना पनि हुन्छ कि त्यो ब्रान्डको सवारी चड्छु भन्ने । पियाजियोको उत्पादन र दुगर्डको नीति मिलेकाले हामीले उपभोक्ताको ब्रान्डेड स्कुटर अप्रिलिया र भेस्पा चढ्ने चाहना पुरा गर्न तत्पर भएर आएका हौं । 

विगतमा स्कुटर महिलाले चढ्ने सवारीका रुपमा लिइन्थ्यो । तर अहिले यो युनिसेक्स सवारीका रुपमा आएको छ । यो सोचलाई क्यास गर्न के योजना बनाउनु भएको छ ? 

ठिक कुरा गर्नु भयो । केही वर्ष पहिलासम्म स्कुटर महिलाले चढ्ने सवारीकै रुपमा लिइन्थ्यो । तर अहिले समय बदलिएको छ । स्कुटर युनिसेक्स सवारीको रुपमा स्थापित भइसक्यो । हामीले गतसाता अप्रिलिया स्ट्रोम सार्वजनिक गर्यौं । त्यो डिजाइनका हिसाबले बोल्ड छ जुन युनिसेक्स कन्सेप्टबाट प्रेरित छ । त्यो भेस्पा अप्रिलियाको उत्पादनमा मात्र होइन सबै ब्रान्डहरु त्यसैतर्फ केन्द्रीत छन् । 


स्कुटर डिजाइनमा हाम्रो हात त केही हुँदैन । तर उत्पादकहरु अहिलेको बजार अवस्था बारे जानकार छन् भन्ने कुरा स्ट्रोमको डिजाइन र त्योभन्दा अघि आएका उत्पादनले नै पुष्टि गर्छ । युनिसेक्स मात्र होइन अप्रिलियाको स्कुटर स्पोर्टी पनि रहेको छ । अप्रिलियाको मुख्य थिम रेसिङ भएकाले पनि उसका स्कुटर त्यसबाट प्रभावित हुने नै भए । 

गत वर्ष सरकारले मोटरसाकइमा सीसीका आधारमा कर निर्धारण गरेको थियो । रोयल इनफिल्डका मोटरसाइकल उच्च सीसीकै भएकाले बजारमा कस्तो प्रभाव देखिएको छ ? 

यसको पूर्णतः नकारात्मक प्रभाव परेको छ । गाडीमा भन्दा बढी कर मोटरसाइकलमा लाग्ने अवस्था आएको छ । सरकारले विलाशिता भनेको कारमा भन्दा मोटरसाइकलमा धेरै प्रतिशत कर बढेको थियो । ४ सय सीसीभन्दा बढी इन्जिनका मोटरसाइकलको बजार शूल्य प्रायः छ । 

हामी मार्केट लिडरकै अवस्था यस्तो छ भने अन्यको हालत के होला ? नयाँ नयाँ ब्रान्ड तथा मोडल आउँदै थियो यो सेगमेन्टमा त्यो पुरै रोकियो । 

उच्च सेगमेन्टमा धेरै मोटरसाइकल आउँदै पनि थियो । तर सरकारले किन यस्तो गर्यो थाहै छैन । यस्ता मोटरसाइकलहरु पर्यटन प्रवद्र्धनमा पनि प्रयोग हुन्थ्यो । सरकारको कर वृद्धिले यसमा पनि धक्का पुगेको छ । 

साना इन्जिन क्षमताका मोटरसाइकलमा त सरकारले कर बढाएको छैन नि । यसलाई हेर्दा नकारात्मक नै भन्न मिल्ला र ?

सबैभन्दा पहिले सरकारले आवश्यकता र विलाशिता छुट्याउनु पर्छ । बाइक भनेको विलाशिता हुँनै सक्दैन । मोटरसाइकलमा १ सय ५५, २००, ४०० सीसी आदि भनेर विलाशिता भन्न पाइँदैन । एउटा प्रिमियम ब्रान्डको बाइक चढ्ने २/४ जना उपभोक्तालाई लिएर विलाशिता भन्नु हुँदैन । 

मोटरसाइकल आवश्यकता हो । नेपालको बाटो हेरेर पनि निर्णय गर्नु पर्छ । सहरी यात्राका लागि १ सय ५० ठिक होला तर पहाडी क्षेत्रमा त्यो मोटरसाइकलले तान्न सक्छ ? त्यस्तो ठाउँमा उच्च सीसी क्षमताका मोटरसाइकल नै चाहिन्छ । लामो यात्रामा निस्कनेहरुका लागि उच्च इन्जिन क्षमताका मोटरसाइकल भयो भने सबै कुराले फाइदाजनक हुन्छ । त्यसैले मोटरसाइकललाई इन्जिन क्षमताका आधारमा विलाशि भन्न मिल्दैन । 

रोयल इन्फिल्ड पर्यटन प्रवद्र्धनमा लागेको कुरा गर्नु भयो । सरकारले २०२० मा नेपाल पर्यटन बर्ष मनाउँदै छ । यसमा जोडिने कुनै योजना बनाउनु भएको छ ? 

हामीले पर्यटन बोर्डसँगको सहकार्यमा विभिन्न राइडहरु गर्दै आएका छौं । नेपालमा राइडको सुरुवात नै रोयल इन्फिल्डले गरेको होला । तर अहिले सरकारले बढाएको करले उच्च सीसीका मोटरसाइकल यस्तो महंगो भयो कि त्यो खरिद गर्नै नसक्ने अवस्था छ । राइडका लागि ४/५ सय सीसीका मोटरसाइकल चाहिन्छ । त्यसैले यो अवस्थामा नेपाल भ्रमण वर्षमा जोडिने हामीले त्यस्तो केही अवसर नै देखेनौं । 

अप्रिलियाको ब्रान्ड नेम र प्रतिस्पर्धीको तुलनामा नयाँ स्कुटरको मूल्य निक्कै आक्रामक राख्नु भएको छ । यो कसरी सम्भव भयो ? 

हामीले अप्रिलिया भेस्पा ब्रान्ड लिने बेलामै के नयाँ उत्पादन आउँदै छ त्यो विषयमा पनि छलफल गरेका थियौं । अप्रिलिया स्ट्रोम १२५ आउँदै थियो । हामीले कम्पनीको उच्च तहसँग कुरा गर्यौं कि नेपालमा भन्सारदर बढी छ । त्यसमा कम्पनीले केही हेर्ने हो भने बजार विस्तारमा सहज हुने कुरा राख्यौं । कम्पनीले १ हजार हेरिदियो भने नेपालमा त्यो ४ हजार हुने कुरा हामीले राख्यौं । यसबाट उहाँहरु सहमत हुनु भयो र त्यो मूल्य राख्न सफल भयौं । 

अहिले अप्रिलिया स्ट्रोम १२५ को मूल्य २ लाख २४ हजार ९ सय रुपैयाँ तोकिएको छ । अप्रिलिया ब्रान्डको लागि यो मूल्य सस्तो हो । यो मूल्यमा हामीले पनि सक्ने जति कम गर्न कोशिष गर्यौं । त्यसबाट यो चालू आर्थिक वर्षका लागि यो रेट निधारण गरेका हौं । त्यसपछि यसको मूल्य वृद्धि हुन्छ । 

यो स्कुटर भारतमा सार्वजनिक भएको केही दिनमै नेपालमा सार्वजनिक गरेका छौं । यसले पनि कम्पनीले हामीलाई पूर्ण सहयोग गरेको बुझ्न गाह्रो छैन । अप्रिलिया स्ट्रोम १२५ काठमाडौंका साथै देशैभर एकैसाथ सार्वजनिक गरेका हौं । 

यो आर्थिक वर्षमा स्ट्रोम १२५ कति बिक्री गर्ने लक्ष्य लिनु भएको छ ? 

हाम्रो मुख्य उद्देश्य संख्यामा भन्दा गुणस्तरिय उत्पादन बिक्रीमा केन्द्रीत छ । स्तरिय सामान उपभोक्ताले चाहेको समयमा उपयुक्त मूल्यमा कसरी उपलब्ध गराउने भन्नेमा हाम्रो ध्यान जान्छ । अहिले उपभोक्ताहरु आफैं पनि सचेत हुनुहुन्छ । त्यसकाबीच संख्या पनि आउँछ नै । हामीले चालू आवमा १ हजारभन्दा बढी संख्यामा स्ट्रोम बिक्री गर्ने लक्ष्य लिएका छौं । उपभोक्ताको चासो निक्कै राम्रो छ । हेर्दै जाउँ । 

सर्भिसका लागि आवश्यक पर्ने पार्टस, पार्टसको मूल्यलगायतमा हामीले विशेष व्यवस्था गरेका छौं । 

यो स्कुटरमा प्रयोग भएको टायर महत्वपूर्ण छ । यस्तो टायर युरोपमा मात्र प्रचलित थियो । पियाजियो युरोपेली कम्पनी भएकाले ठूलो टायर भएको स्कुटर अप्रिलियाले भारतमा ल्याउन सफल भएको हो । जुन नेपालमा आइसकेको छ । यो अफरोड अनरोड दुवैका लागि उपयुक्त हुने छ । 

सवारी खरिद गरेसँगै उपभोक्ताको चासो सर्भिमा केन्दीत हुन्छ । यसको तयारी कस्तो छ ? 

सर्भिस उपलब्ध गराउने मामलामा हामी आक्रामक छौं । काठमाडौंमा हाम्रो अप्रिलिया भेस्पाको ४ वटा सर्भिस सेन्टर छ । त्यस्तै बालाजुमा नयाँ सर्भिस सेन्टर बनाउँछौं । सर्भिसका लागि आवश्यक पर्ने पार्टस, पार्टसको मूल्यलगायतमा हामीले विशेष व्यवस्था गरेका छौं । 

दुगर्डको मान्यता पनि उपभोक्तालाई दिइने सर्भिस सहज र सुलभ हुनुपर्छ भन्ने हो । तत्कालका लागि भेस्पा अप्रिलियाका लागि आवश्यक सर्भिस देशभर उपलब्ध गराउन सक्छौं । आगामी दिनका लागि पनि हामीले आफ्नो तर्फबाट तयारी सुरु गरि सकेका छौं । 

दुईपांग्रे ब्रान्ड दुईवटा भयो । आउँदो बर्षमा दुईपांग्रे सवारीमा तपाईहरुको स्थान कहाँ हुनेछ ? 

दुईपांग्रेमा मोटरसाइकल र स्कुटर दुईवटा छन् । रोयल इन्फिल्ड प्रिमियम ब्रान्ड हो । यसमा हामी उच्च हिस्सासहित पहिलो स्थानमै छौं । १५०/२०० सीसीको जस्तो बजार हामीले लिन्छौं भन्ने कुरा भएन । सरकारले कर बढाएकाले जुन रुपमा बजार बढ्नु पथ्र्यो त्यो हुन सकेको छैन । हामीले हालै रोयल इन्फिल्डको नयाँ मोडल मेटलगन ग्रे ३५० सार्वजनिक गरेका छौं । यसले हाम्रो सेगमेन्टमा हामी अगाडि नै छौं र अझ विस्तार गर्ने सोचमा छौं । 


अप्रिलिया भेस्पा पनि प्रिमियम ब्रान्ड नै हो । भारतमा तोकिएको मूल्य र नेपालको मूल्य हेर्ने हो भने नेपालमा निक्कै सस्तो रहेको छ । यो लगायत कारणले हामी अप्रिलिया भेस्पाका लागि काम गर्दै जाने छौं । यस सेगमेन्टमा पनि बजार विस्तार हुने देखेका छौं । 

एमभी दुगर्ड ग्रुपको अटोमाबोइल क्षेत्रमा नयाँ योजना के छ ? 

यो वर्ष हाम्रो नयाँ केही ल्याउने योजना छैन । हामीसँग भएका उत्पादनहरुलाई कसरी विस्तार गर्ने भन्नेमा केन्द्रीत हुने छौं । हामीले ब्रान्च लेवलमा बढी ध्यान दिन्छौं । गत वर्ष हामीले रिडगन र हाम ब्रान्ड ल्यायौं । त्यस्तै यो वर्ष हामीले अप्रिलिया भेस्पा लिएका छौं । यो वर्ष भएको ब्रान्डलाई मजबुत बनाउने तर्फ नै लाग्छौं । 



image not found