इलेक्ट्रीक गाडी समयको माग हो, नेपालीले त्यसलाई स्वीकार गरिसकेः सुजन रोयको अन्तर्वार्ता

Not found

पछिल्लो वर्षहरुमा टाटा मोटर्सले उत्पादन गरेका कारहरुको चर्चा निकै चुलिएको छ । आधुनिक फिचरसहितका सुरक्षीत कार निर्माण गर्ने कम्पनीको रुपमा टाटा मोटर्सलाई लिने गरिएको छ । टाटा मोटर्सले छोटो समयमै नयाँ–नयाँ डिजाइनका कारहरु बजारमा ल्याइरहेको छ ।

विश्वको सबैभन्दा सस्तो कार नानो बनाएर अटो इन्डष्ट्रिमा चर्चा बटुलेको टाटाले बेलायती लग्जरी अटो निर्माता कम्पनी जागुआर ल्याण्डरोभरको खरिद गरेसँगै अटो क्षेत्र विशेषत कार सेग्मेन्टमा तरङ्ग ल्याउन सफल भएको थियो । यस पटकको नाडा अटो शोमा टाटा मोटर्सले नेपाली बजारमा ल्याण्डरोभरको प्ल्याटफर्ममा बनाएको टाटा एच–फाइभ एसयूभी नेपाली बजारमा सार्वजनीक गरेको छ । सोही अवसरमा नेपाल आएका टाटा मोटर्स लिमिटेडका इन्टरनेशनल बिजनेस हेड सुजन रोयसँग टाटा मोटर्सको उत्पादन प्लान्ट, नेपाली बजारको लागि रणनीति, आगामी माेडल र इलेक्ट्री कार आदि विषयमा मेरोअटोले गरेको कुराकानीको सम्पादीत अंशः 

दश वर्ष अगाडिनै टाटा मोटर्सले नेपालमा उत्पादन युनिट राख्दैछ भन्ने कुरा बाहिर आएको थियो । सरकार र अर्थमन्त्रीले पनि यही प्लान्ट लगाउने कम्पनीलाई विशेष छुट दिने भनेका छन् । यस्तोमा अब नेपालमा प्लान्ट लगाउन सम्भव छ ?

तपाईले १० वर्ष अगाडि सुन्नु भएको टाटाले प्लान्ट लगाउँदै छ भन्ने विषय हल्ला मात्र थियो । त्यही समयमै हामीले यो समाचारको खण्डन गरेका थियौ । हामी हाम्रो महत्वपूर्ण बजारमा कहिले उत्पादनका लागि उपयुक्त समय आउँछ भन्ने चनाखो भएर हेरिरहेका हुन्छौ । यदि व्यापारीक अवस्था हाम्रो हितमा हुन्छ भने नेपालमा रोजगारी सृजना गर्न र आफ्ना ग्राहकको नजिक आउन उत्पादन यूनिट राख्नु उपयूक्त हुन्छ । तर, त्यसको लागि बिजनेस सेन्स भने हुनु पर्छ ।

अटो प्लान्टनै लगाउन निश्चित संख्यामा बिक्री हुनु पर्छ । त्यसमा पनि एउटा गाडी बनाउन हजारौ पार्टसको आवस्यकता पर्छ । त्यस्ता पार्टसहरु यहाँ उपलब्ध छन् वा छैन निक्यौल हुन पर्छ । पहिला केही पाटर्स उत्पादक आएपछि मात्रै गाडीको इकोसिस्टम तयार हुन्छ । यहाँ गाडी एसेम्बल गर्ने तर, सबै पाटपूर्जा विदेशबाट ल्याउने हो भने त त्यसको औचित्यनै हुँदैन ।

यदि नेपालमा विजनेस भोलुम छ, नेपाल सरकारले यस्ता प्लान्टका लागि उपयुक्त वातावरण बनाउँछ भने टाटाले नेपाललाई सबैभन्दा महत्वपूर्ण अन्तर्राट्रिय बजारको रुपमा लिएको हुनाले टाटाले आफ्नो प्लान्ट अवस्य लगाउने छ ।  


विगत १/२ वर्षदेखि नेपाली अटो बजारमा मन्दी देखिएको छ । भारतीय बजार पनि विगत दुई क्वाटरदेखि त्यस्तै देखिएको छ । तपाईले आगामी दिनको अटो बजारको चुनौति कस्तो देख्नु भएको छ ?

अहिले पुरै विश्व बजारमा अटो क्षेत्रमा मन्दी छाएको छ । नेपालमा मात्र होइन भारत, चाइना, अमेरिका, यूरोप तथा जापान जस्ता सबै ठूला मार्केटमा गिरावट आएको छ । हेनुस् अटोमोटिभ मार्केटले एउटा थर्मोमिटको जस्तो काम गर्छ । जब शरिरमा ज्वोरो आउँछ तब थर्मोमिटरको पारा चड्ने वा घट्ने हुन्छ । त्यसैगरि जब विश्वको व्यापारीक वातावरण खरावहुँदै जान्छ त्यसको पहिलो असर अटो मार्केटमा पर्छ । नेपालमा आर्थिक वातावरण सुधार्नका लागि नेपाल सरकारले उल्लेखनीय कदमहरु चाल्दै आएको हामीले विश्वास गरेका छौ । त्यसले पकै पनि आगामी दिनमा राम्रो वातावरण बन्ने छ ।

गत वर्ष देखिएको मन्दिका वाबजुत पनि टाटा मोटर्सको नेपाली बजारमा प्यासेन्जर भेइकलको बिक्रीमा ३ प्रतिसतको बढोत्तरी पाएको छ । त्यो कसरी संभव भयो ?

यसको पहिलो कारण भनेको हाम्रो नेपाली पार्टर सिप्रदी र सिप्रदीकाे स्मार्ट टिमनै हो । उनिहरुले नेपाल र नेपाली ग्राहकहरुलाई धेरै राम्रोसँग बुझेका छन् । ग्राहकहरुलाई मनाउन र बुझाउन पारङ्गत रहेका छन् । उनिहरुले दिने सर्भिस एकदमै राम्रो रहेको छ, जसको फलस्वरुप टाटाका ग्राहकहरु दोहोराएर टाटाका कारहरु खरिद गरिरहेका छन् ।

दोस्रो कारण भनेको टाटा कार ब्राण्डको रुपमा एकदमै राम्रोसँग सुधार भएको छ । टाटाका कारहरुको लुक्स, विश्वसनीयता तथा छिटो छिटो समयमा हामीले नयाँ मोडलहरु लन्च गरेका छौ । जसका कारणले टाटा ब्राण्डको विश्वास बढ्दै छ । प्रत्येक पटकको नयाँ लन्चमा हामीले नयाँ वेज्चमार्क स्थापना गरेका छौं । हाम्रा प्रत्येक नयाँ मोडलहरु स्टाइलिस, रिलाएविलीटी तथा उत्कृष्ट फिचर थपिएका हुन्छन् । जसको सहयोगमा टाटाले नेपाली बजारको  कार सेग्मेन्टको हिस्सा बढाउँदै जान सफल भएको छ ।

एच–फाइभ नेपालमा भर्खरै लन्च भएको छ । यो एसयूभी एकदमै आकर्षक मूल्यमा लन्च भयो । यसको सहायताले टाटा मोटर्सले एसयूभी सेग्मेन्टमा आफ्नो स्थान कहाँ पूर्याउने अनुमान गर्नु भएको छ ?

टाटा एच–फाइभलाई हामीले लेजेन्डरी डिएनएको रुपमा पोजिसनीङ्ग गरेका छौ । ल्याण्ड रोभरको प्ल्याटफर्ममा तयार भएको यो एसयूभीलाई पहिला सबैले एक्पिरीयन्स गरुन् भन्ने हाम्रो इच्छा हो । नेपाली ग्राहकहरुले आफैँले एक्पिरियन्स गरिसकेपछि आफै महसुस गर्नेछन् । हाम्रो लक्ष्य एकदमै सामान्य रहेको छ हामी जहाँ जहाँ टाटाका भेइकलहरु छन् ति सबै सेग्मेन्टमा नम्बर १ नै हुन चाहन्छौ । सबै स्थानमा पहिलो हुने हाम्रो लक्ष्य हो । तर अहिलेको वास्तविकता हामी लक्ष्यबाट धेरै टाढा छौ । इमान्दारीताका साथ भन्नुपर्दा प्रतिस्पर्धीहरुले साँचै राम्रा कारहरु ल्याएका छन् । तर, पनि हाम्रो लक्ष्य अचुक रहेको छ । हामी सेग्मेन्ट बाइ सेग्मेन्ट, मार्केट बाइ मार्केट, कस्टमर बाई कस्टमर नेपालमा नम्बर १ भएरै छाड्ने छौं ।


एच–फाइभपछि नेपालमा टाटाको नयाँ गाडी कुन आउँने छ ?

टाटाले भारतपछि अन्तर्राष्ट्रिय बजार मध्य सबैभन्दा पहिला नयाँ गाडीहरु नेपालमा लन्च गर्ने छ । नेपालका ग्राहकहरुलाई यो हाम्रोे प्रतिबद्धता हो । निकट भविष्यमा हामी टाटाको प्रिमियम ह्याचव्याक अल्ट्रोज लन्च गर्नेछौ । त्यसपछि टाटाको कुन नयाँ गाडी आउनेछ म अहिल्यै भन्न सक्दिन । तर, आगामी फेब्रुअरीमा दिल्ली अटो शोमा केही नयाँ गाडीको घोषणा हुनेछ ।

मसँग टाटाका पारखीहरुको लागि एउटा नयाँ समाचार भने रहेको छ । हामी केही महिनामै टाटाको इलेक्ट्रीक गाडीहरु नेपाल ल्याउने प्लान गरिरहेको छौं । ति इलेक्ट्रीक गाडी उत्कृष्ट मोडल र आकर्षक मूल्यका हुने छन् । नेपालमा इलेक्ट्रीक गाडीको माग र रुचि एकदमै बढिरहेको छ । यहाँका ग्राहकहरुले पक्का पनि हाम्रो गाडी मन पराउने छन्  । नेपाललाई महंगो इन्धन आयात गर्नुको साटो आफ्नै हाइड्रो इलेक्ट्रीक पावरको प्रयोग गर्ने सम्भावना छ । त्यसैले नेपालको अटोमार्केट अब यही दिशामा जानेछ र हामी पनि सोही दिशामा सँगसँगै लाग्नेछौ ।

टाटाको नेक्सनको लन्चसँगै नेपाली बजारमा टाटाका कारलाई हेर्ने नजरमा  परिवर्तन आएको छ । नेक्सनकै सेग्मेन्टमा यही अटो शोमा पनि महिन्द्रा र हुन्डाईले थप मोडलहरु बजारमा उतारेका छन् । के अब दुईवर्ष पूरानो नेक्सनमा परिवर्तन ल्याउन जरुरी छैन ?

हाम्रो सबै उत्पादनमा निरन्तर सुधार भइरहेको हुन्छ । बजार र ग्राहकको चाहनाको आधारमा साना साना परिवर्तन र सुधारका कार्यहरु भइनै रहेको हुन्छ । नेक्सन नयाँ ठूलो परिवर्तन वा नयाँ जेनरेसनमा आउने हल्लाहरु इन्टरनेटमा चलिरहेको छ । तर मेरो विचारमा ठूलो परिवर्तन भनेको भारत सरकारले अनिवार्य गरेको सेफ्टी फिचरमा र बीएस सिक्स अनुसारको इन्जिनमा हुनेछ । त्यसका अलावा समय अनुसारका नयाँ फिचरहरु थपिनै जाने छन् ।

यो सेग्मेन्टमा पहिलो मारुती, दोस्रो हुन्डाई, तेस्रो मन्हिद्रा तथा फोर्डका गाडीहरु राम्रा छन् ।  तर, म तपाईलाई विस्वस्त पार्न चाहन्छु कि यो भिडमा हाम्रो नेक्सन सबैभन्दा उत्कुष्ट र नम्बर १ रहने छ । त्यसको लागि के के गर्नु पर्छ हामीलाई थाह छ र हामी अवस्य पनि त्यहि अनुसार गर्नेछौ ।

गत वर्षको नाडा अटो शोमा टाटाको इभि देखाइएको थियो तर यस वर्षको नाडामा कुनै पनि इभी रहेन छ । तपाइले भनेको चाँडै आउने इभी कुन मोडल हुन सक्छ ?

टाटा मोटर्स इलेक्ट्रीक भेइकल विकासको क्रममा अगाडि बढिरहेको छ । टाटा मात्र होइन विश्वका सबै अटो कम्पनी इभिको विकासमा लागेका छन् । सबै कम्पनी एकै दिशामा लागिरहेका छन् । पहिला कम्पनीका गाडीहरु डिजल इन्जिन, पेट्रोल इन्जिन तथा सिएनजी इन्जिन युक्त मात्र बनाउँथे । अब सबै कम्पनीले अनिवार्य रुपमा इलेक्ट्रीक भेइकल पनि बनाउने छन् । पुरै अटो उद्योगको यो भविष्य हो । हामी पनि सोही वहावसँगै अगाडि बढिरहेका छौ । तपाई देख्नु हुनेछ, अहिले यो शोमा देखिएका गाडीहरु निकट भविष्यमै सबै इलेक्ट्रीक अप्सनमा समेत उपलब्ध हुने छन् ।


जसरी रेलमा पहिला कोइला, त्यसपछि स्टीम, अनि डिजल इन्जिन हुँदै अहिले प्राय सबै इलेक्ट्रीक भएका छन् । त्यसैगरी अहिले इलेक्ट्रीक प्रविधि महँगो भएकोले सबै अटो कम्पनीले कम्तीमा आफ्नो चर्चित मोडललाई इलेक्ट्रीकमा लयाउने छन् । अब ग्राहकले नै सोध्ने छन् पेट्रोल अप्सन छ, डिजल अप्सन पनि छ इलेक्ट्रीक खोइ त ? अहिले समग्र अटो उद्योगको डाइनामीक्स परिवर्तन भइरहेको छ ।

नेपाल सरकारले इलेक्ट्रीक बस संचालनका लागि सहज वातावरण बनाउँदै छ । भारतका कतिपय सहरहरुमा टाटाका इभि बसहरु चलिसकेका देखिन्छन् । के नेपाली बाटाहरुमा पनि छिटै टाटाका इलेक्ट्रीक बसहरु देख्न सक्छौ ?

म कमर्सियल भेइकलको आधिकारीक व्यक्ति त होइन । तर पनि म मेरा कमर्सियलका सहकर्मीहरु इभी बस नेपालमा छिटै ल्याउन कडा परिश्रम गरिरहेका छन् भन्ने कुराको जानकार छु । तर, कुन मितिमा आउँछ मैले भन्न सक्दिन । इभी बस उत्पादनमा हाम्रो काम निकै अगाडि बढिसकेको छ । म अहिले यति भन्न सक्छु चाँडै नेपाली बजारमा टाटाका इभी कार आउने छ । 



image not found