अाजदेखी ट्याक्सी चालकहरुलाई अनिवार्य फ्लोरेसेन्ट ज्याकेट

काठमाडाैं । ट्याक्सी चालकहरुले आजदेखि फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने भएको छ ।

बुधबार महानगरीय ट्राफिक महाशाखाले सुन्धरामा विशेष कार्यक्रम गरी राजधानमा चल्ने भाडाका ट्याक्सी चालकलाई अँध्यारोमा टल्कने र टाढैबाट प्रष्ट देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगानुपर्ने व्यवस्था लागू गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि ज्याकेट अनिवार्य गरेको भए पनि पर्याप्त ड्रेस नभएकाले एक महिनाको समय दिएको पनि जनाएको छ ।

एक महिनाको अबधिभित्र सबै ट्याक्सी ड्राईभरले अनिवार्य ज्याकेट नलगाए कारवाही गरिने वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी दिए ।

उनले ज्याकेटले व्यवसाय र व्यवसायीलाई अनुशासित बनाउनुको साथै यात्रुलाई पनि सुविधा पुग्ने विश्वास व्यक्त गरे ।

यात्रुलाईलाई दुव्यर्वहार गरिएको पाइएमा ट्याक्सीभित्र राखिएको नम्बरका आधारमा ट्रेस गरि त्यस्ता चालकलाई कारवाहीको दायरामा ल्याइनेपनि उनले बताए ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अनिवार्य रुपमा ड्रेसलगायत पेशागत मर्यादा र अनुशासन देखाउन ट्याक्सी चालकहरुलाई निर्देशन दिए ।


Back_to_top