७२ करोडमा बिक्यो जेम्स बन्डले प्रयोग गरेको पुरानो गाडी

काठमाडौं । हलिउडका चर्चित अभिनेता जेम्स बन्डले सन् १९६५ मा निर्माण भएको ‘थन्डरवाल नामक’ फिल्ममा प्रयोग गरेको एस्टन मार्टिन डिबी ५ कार (६३ लाख ८५ हजार डलर ) ७२ करोड नेपाली रुपैयाँमा लिलामी भएको छ । 

लिलामीको लागि बोलपत्र आह्वान गरिएको पाँच सेकेन्ड भित्र बिक्री भएको यो कार संसारकै सबैभन्दा महङ्गो पाँच डिबी कार भित्र परेको छ । यसको लिलामी क्यालीफोर्नियामा भएको हो ।

‘थन्डरवाल नामक’ फिल्मको सुटिङको लागि यस कारलाई १३ पटकसम्म परिमार्जन गरिएको थियो । यो कार चलाउनको लागि सेन्टरमा आर्म रेष्ट बटन लगाइएको छ । यसलाई जन स्टिअर्सको सोच अनुसार परिमार्जन गरिएको हो ।

कारमा फिल्मको कथा अनुसार घुम्ती नम्बर प्लेट, रिमुवेभल रुफ प्यानल, आयल स्लिक, प्रत्येक बम्परमा ३० क्यापिलर मेशीन गन, बुलेटप्रुफ शील्ड, ट्राकिंग डिभाइस र नेल स्प्रेयरसँगै स्मोकिङ्ग ग्याजेटको सेट लगाइएको छ । लिलामीमा बिभिन्न ७ कम्पनीले सहभागिता जनाएका थिए ।


Back_to_top