सरकारले ठूलो परिमाणमा बाइक र कार बिक्री गर्दै, न्यूनतम मूल्य २५ सय (सूचीसहित)

Not found

काठमाडौं । जनकपुर भन्सार कार्यालयले ठूलो परिमाणमा मोटरसाइकल तथा जिप/कार/भ्यानको लिलाम बिक्री गर्ने भएको छ । कार्यालयले आफुसँग रहेका मोटरसाईकल २५०० रुपैयाँ न्यूनतम मूल्यदेखि नै लिलाम बिक्री गर्न लागेको हो । कार्यालयले मोटरसाईकल उत्पादन वर्षको आधारमा न्यूनतम मूल्य निर्धारण गरेको छ । 

कार्यालयले ठूलो परिमाणमा मोटरसाइकल र कार लिलाम बिक्रीको सुचना आजको गार्खापत्रमा निकालेको हो । लिलामीमा निक्लेका मोटरसाइकल उत्पादन मिति नखुलेकादेखि २०१८ सम्मका रहेका छन् । 

लिलामीमा सबैभन्दा धेरै हिरोका मोटरसाइकल रहेका छन् भने बजाज, होन्डा, टिभीएस, यामाहाजस्ता कम्पनीका मोटरसाइकलहरु पनि बिक्रीमा राखिएको छ । 

साथै, भन्सार कार्यलयले २००१ देखि २०१० सम्मका कार जिप भ्यान लिलाम बिक्री गर्ने भएको हो । गाडी खरिदगर्न बोलपत्रमा सहभागी हुन चाहनेले न्यूतम ६० हजार  रुपैयाँबाट बोलकबोल सुरु गर्नुपर्ने छ । 

बजाज बक्सर, हिरो होन्डा स्प्लेन्डर, यामाहा लिबेरो, टीभीएस स्टारसीटी, यामाहा इन्टाइसर जस्ता बाइकहरुको मूल्य  न्युनतम ३ हजार रुपैयाँ तोकिएको छ । 

उक्त, बोलपत्रमा सहभागी हुन चाहाने ब्यक्ति तथा कम्पनीले आजको मितिले २१ दिनभित्र बोलपत्र खरिद गरि २२ औं दिनको दिन १२ः१० भित्र जनकपुर भन्सार कार्यलयमा बुझाउनु पर्नेछ । 

उक्त बोलपत्र २३ औँ दिनको दिन १ बजे खोलिने भन्सार कार्यलयले प्रकाशन गरेको लिलाम बिक्री सूचनामा उल्लेख गरिएको छ । बोलपत्रमा सहभागी हुनेले १ लाख रुपैयाँ सम्मका सवारी साधनका लागि ३ सय रुपैयाँ दस्तुर तिर्नुपर्नेछ भने १ लाख भन्दा बढि १० लाखसम्मको बोलपत्र खरिद गर्न चाहानेले १ हजार रुपैयाँ राजस्व तिर्नुपर्ने छ । 





image not found