जावाका मोटरसाइकल आज नेपालमा सार्वजनिक हुने, कति पर्ला मूल्य

काठमाडौं । जावा मोटरसाइकल ब्रान्ड आज नेपालमा सार्वजनिक हुने भएको छ । बहुप्रतिक्षित ब्रान्ड जावा आज साझ ७ बजे भर्चुअल लन्च हुने भएको हो ।

कम्पनीले दशैं अगाडि नै बिक्री सुरु गर्ने लक्ष्यको साथ जावाले यसअघि नै नेपालका मुख्य सहरमा डिलर माग गरेको थियो । क्लासिक लिजेन्डको उपमा पाएको यस ब्राण्डका जावा र जावा ४२ दुई मोडल सार्वजनिक हुने भएको हो ।

जावा र जावा ४२ दुई मोडल आज नेपालमा सार्वजनिक हुने छन् । आज सार्वजनिक हुने जावा ४२ को मूल्य ६ लाख १० हजार हाराहारी पर्ने छ भने जावा क्लासीकको रुपमा परिचित जावा ३०० को मूल्य भने २० देखि २५ हजार धेरै हुने अनुमान गरिएको छ । यद्यपी कम्पनी स्रोतले यसको मूल्य खुलाएको छैन ।

यी दुबै मोडलमा सिंगल डिस्क र डबल डिस्क भर्सन उपलब्ध हुने कम्पनीले जनाएको छ । सिंगल डिस्कको तुलनामा डबल डिस्क २० हजार रुपैयाँले धेरै हुने अनुमान रहेको छ ।

जावा मोटरसाइकलमा ओडोमिटरका लागि डिजिटल रिड आउट, लिक्विड कुलिङ्ग टेक्नोलोजी, रेडिएटर, फ्यूल इन्जेक्शन, क्याटालिक कन्भर्टरजस्ता मोर्डन फिचरहरू दिइएको छ । साथै, यसमा हलोजेन हेडल्याम्प, टेलल्याम्प र बेल्ली प्यान पनि दिइएको छ ।

२९३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसमा लगाइएको डीओएचसी इन्जिनले २७ बीएच पावर र २८ एनएम टर्क जेनेरेट गर्छ । यसमा सिक्स स्पीड ट्रान्समिसन जडान गरिएको छ । यस बाइकमा सिङ्गल च्यानल एबीएस सिस्टम दिइएको छ । यो इन्जिन इन्डिया तथा इटालीमा डिजाइन र विकास गरिएको हो ।

बाइकमा पछाडि १८ इन्चको ह्वील दिइएको छ । त्यस्तै, अगाडिको ह्वील १७ इन्चको रहेको छ । बाइकमा फ्लोटिङ्ग क्यालिपरसँगै २८० एमएम डिस्क ब्रेक र १५३ एमएम ड्रम ब्रेक दिइएको छ ।

जावा मोरसाइकल नेपाल भित्र्याएको अन्गि ग्रुप अन्र्तगतको अग्नि मोटो इन्कले हालसम्म यसको मूल्यको बारेमा भने कुनै आधिकारि जनाकारी गराएको छैन ।


Back_to_top