२४९ सीसी ४ सिलिण्डर इन्जिनसहित निन्जा जेडएक्स २५ आर सार्वजनिक

Not found

जापानी मोटरसाइकल उत्पादक कम्पनी कावासाकीले ४ सिण्डर इन्जिन युक्त मोटरसाइकल उत्पादन गरेर रफ्तार मनपराउने राइडरहरुको मन जित्ने चएको छ । कम्पनीले आजबाट सुरु भएको ६४ औं टोकियो मोटर शोमा उक्त मोटरसाइकल सार्वजनिक गरेको हो ।

कम्पनीले आफ्नो चर्चित उत्पादन सिरिज निन्जा जेडएक्स–२५ आरमा उक्त इन्जिन दिएको हो । यसमा २४९ सीसी फोर सिलिण्डर लिक्विड कुल्ड र फियुल इन्जेक्सन (एफआई) इन्जिन दिइएको छ । यसमा ६०० सीसी इन्जिन क्षमताको मोटरसाइकल जस्तै कावासाकी ट्याक्सन कन्ट्रोल र क्वीक सिफ्टर टेक्नोलोजी दिइएको छ । 

कम्पनीले यसको अगाडि सस्पेन्सनको लागि यूएसडी फर्क र पछाडि होरिजेन्टल ब्याकलाइन दिइएको छ । 

यसको अगाडि चक्कामा मोनोव्लक क्यालिपर सहितको सिंगल डिस्क ब्रेक दिइएको छ । यसलाई कम्पनीले जापान र थाइलयान्डको बजारमा सबैभन्दा पहिला बिक्री सुरु गर्ने जनाएको छ । 



image not found