गर्मीबाट कारलाई बचाउन गनुस् यी ८ काम

काठमाडौं । गर्मी महिनाको सुरुवात भएसँगै मौसममा फेरबदल आइरहन्छ । यो मौसममा कहिले वर्षात, कहिले चर्काे घाम त कहिले हावाहुरी चल्नुलाई स्वभाविक नै मान्ने गरिन्छ । यसरी, परिवर्तन भैरहने मौसमको  कारण सवारीसाधनहरुमा प्रत्यक्ष असर परिरहेको हुन्छ । 

नेपालमा जुन मूल्य तिरेर उपभोक्ताले गाडी किनिरहेका हुन्छन्, त्यसले गाडीको सुरक्षा झनै महत्वपूर्ण हुन्छ । जीवनको सबैभन्दा ठूलो लगानी मध्यको एक गाडीलाई संरक्षण गर्नु चुनौतिपूर्ण विषय बन्ने गरेको छ । 

कतिपय प्रयोगकर्ताले गाडीको उपयोग सहितरिकाले गर्न जान्दैनन् । त्यसैले लाखौं खर्च गरेर किनेको नयाँ गाडी एक–दुई वर्ष नपुग्दै पुरानो जस्तो हालतमा पुग्ने गरेको छ । त्यसैले, हामीले विशेषत गर्मी मौषममा गाडीको कसरी दुरुस्त राख्ने भन्ने विषयमा केही तरिका यहाँ प्रस्तुत गरेका छौं । 

सिधा घाममा नराख्ने

कतिपय चालकले घामको प्रत्यक्ष प्रभाव पर्ने ठाउँमा आफ्नो कार पार्किङ गरेको देखिन्छ । यसरी, पार्किङगर्दा गाडीको एक्सटेरियरमा निक्कै असर पर्ने गर्छ । सनलाइटको असरबाट जोगाउनको लागि कारमा लाइट रिफ्लेटीङ्ग सनसेड लगाउनु पर्छ । सकेसम्म, पार्किङ गर्दा छहारी भएको स्थानमा राख्दा राम्रो हुन्छ । अन्यथा क्याबिन र एक्सटेरियरलाई त्यसको असरबाट बचाउने उपाय अपनाउनु पर्छ । 

सिटमा ब्ल्याङ्केटले ढाक्ने  

प्रायःजसो कारको  सिटमा लेदरले ढाकिएको हुन्छ । गर्मी मौषममा लेदर चाँडै तात्ने गर्छ । जसको कारण गाडीसमेत निकै तात्ने गर्छ । गर्मीमा  सिटलाई चिसो राख्न ब्ल्याङ्केटले ढाकेर राख्नु उचित रहन्छ । 

ड्याशबोर्ड कभरको प्रयोग गर्ने 

सनलाइटबाट ड्याशबोर्डलाई जोगाउनको लागि ड्याशबोर्ड कभरको प्रयोग गर्नुपर्छ । जसमार्फत केही हदसम्म सुर्यको तापलाई कम गर्न सकिन्छ । यसका साथै, यसले प्यानललाई ड्यामेज हुनबाट समेत जोगाउन मद्धत पुर्याउछ । 

कभर्ड पार्किङ

संभव रहेसम्म, छायादार स्थानमा गाडी पार्किङ गर्नुपर्छ । सुरक्षित पार्किङ स्थलमा कार राख्दा कारको हेरचाह हुनुका साथै, पानी, घाम, हावहुरीबाट आइपर्ने असरलाई कम गर्न सकिन्छ । 

स्टेयरिङ्ग ह्वीललाई कभरले छोप्ने

ड्याशबोर्डलाई जस्तै, स्टेयरिङ्ग ह्वीललाई पनि कभरले छोप्नु पर्छ । सुर्यको प्रकाशको प्रभावलाई कम गर्न टावलको प्रयोगमार्फत स्टेयरिङ्ग ह्वील छोप्न सकिन्छ । 

झ्याल बन्द पार्ने

सकेसम्म, कार चलेको समयमा झ्याललाई बन्द गर्नुपर्छ । यसरी झ्याल बन्दगर्दा क्राक हुने संभावना कम हुन्छ । 

सोलार फ्यानको प्रयोग

कारमा सोलार पावर फ्यानको प्रयोग गर्दापनि घामको प्रत्यक्ष असरलाई कम गर्न सकिन्छ । यसले क्याबिनलाई कुल बनाउन मद्धत पुर्याउछ । यद्यपी, यस्ता फ्यान एकदमै महङ्गो हुने गर्छन् । उक्त, फ्यानले इन्टेरियरको तापक्रमलाई अनुकुल गर्ने काम गर्छ ।

इलेक्ट्रोनिक्स सामानको सुरक्षा गर्ने

कारमा रहेका ल्यापटप, सेलफोन, कम्प्याक डिस्क वा युएसबी ड्राइभलाई समेत घामको किरणबाट जोगाउनुपर्छ । अत्याधिक चर्काे घाम लागेको बेला यस्ता सामाग्री जथाभावी राखे ड्यामेज हुने संभावना धेरै हुन्छ । यस्ता सामानलाई सकेसम्म घामको असर कम पर्ने स्थानमा राख्नुपर्छ । सकभर यस्तासामान पार्क गरेर राखेको गाडीमा नछोड्दा राम्रो हुन्छ ।


Back_to_top