नेपालको लागि हिड्यो ‘किया निरो’, सबै युनिट सोल्ड आउट, यस्तो छ मूल्य

Not found

काठमाडौं । कियाले नेपाल ल्याउने तयारी सुरु गरेको निरो कोरियाबाट सिपमेन्ट हुने अन्तिम तयारीमा रहेको कन्टिनेन्टल्स प्रालिले जानकारी दिएको छ ।

कन्टिनेन्टल्स प्रालिले कियाका उत्पादन विगत २५ वर्षदेखि बिक्री वितरण गर्दै आएको छ । पछिल्लो समय इलेक्ट्रीक गाडीमा उपभोक्ता र सरकारको आर्कषण बढ्दै गएकाले कम्पनीले सर्वाधिक रेन्ज प्रदान गर्ने इलेक्ट्रीक कार ल्याउन लागेको हो । 

सरकारले कम्बस्चन इन्जिनयुक्त गाडीमा अटो लोनमासमेत कडाई गरेसँगै गाडी बिक्रेता कम्पनीहरु इलेक्ट्रीक कार आयातमा लागि परेका छन् । किया शोल इलेक्ट्रीक कारको लोमो बिक्री अनुभव भएको कम्पनीले दोस्रो मोडलको रुपमा निरो ल्याउन लागेको हो । 

कम्पनीले सुरुमा ८५ युनिट गाडी अर्डर गरेको भएपनि करिब १०० युनिटको बुकिङ लिइएको कम्पनीका डेपुटी जनरल मेनेजर अनिश लामिछाने बताउँछन् ।   

किया निरोमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । यसमा दिइएको १५० किलोवाटको इलेक्ट्रीक मोटरले २०१ बीएचपी पावर र ३९५ एनएम–टर्क उत्पादन गर्छ । यो कारले ७.८ सेकेन्डमा शून्यबाट १०० किलोमिटरको रफ्तार पकड्न सक्ने कम्पनीले दाबी गरेको छ ।


अगाडिको ग्रिलमा कम्बाइन चार्चिङ सिस्टम दिइएको यो इलेक्ट्रीक एसयूभी डिसी फास्टचार्जरबाट ८० प्रतिशत चार्ज गर्न ७५ मिनेट लाग्ने छ । साथै, एक पटकको फुलचार्जमा उक्त गाडीले ४८० किलोमिटर माइलेज दिनेछ । यो गाडीको नेपाली बजारमा प्रबेशपछि सर्वाधिक माइलेज दिने ईभीमा पर्नेछ ।

कम्पनीले निरोलाई एसियाली बजारमा २०१९ को पहिलो क्वाटरबाट बिक्री वितरण सुरु गर्ने तयारी गरे अनुरुप नेपाली बजारमा जुनको अन्तिम हप्ताबाट बिक्री वितरण सुरु हुने अनुमान गरिएको छ । 

कम्पनीले किया निरोको सुरुवाति मूल्य ६४ लाख ९० हजार रुपैयाँ तोकेको छ ।



image not found