यस्ताे छ किया सेल्टोसको टिजर, आगामी बिहीबार ग्लोवल प्रिमियर

किया मोटर्सले उत्पादन गरेको क्रसओभर एसयूभी ‘सेल्टोस’को टिजर सार्वजनिक भएको छ । किया एसपी–२ आई कन्सेप्टमा निर्माण भएको सेल्टोस किया सोलभन्दा केही ठूलो र स्पोर्टेज भन्दा केही सानो हुने गरि बनाइएको छ । 

यो एसयूभीमा टाइगर नोज ग्रिल, एलइडी हेडलाइट, एलइडी फग ल्याम्प, पुल टाइप डोर ह्यान्डललगायत विशेषता रहेको छ । त्यस्तै यो गाडी टर्बोचार्ज्ड पेट्रोल इन्जिन र फोर ह्वील ड्राइभ अप्सनमा समेत आउने छ । 

किया सेल्टोसमा ठूलो आकारको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ, इन कार वाइफाइ जस्ता सेगमेन्ट फस्ट विशेषता समेत उपलब्ध हुनेछ ।

 

यसलाई कम्पनीले आगामी बिहीबार भारतबाट ग्लोवल प्रिमियर गर्नेछ । दक्षिण कोरियाबाट प्रिमियर हुने यो गाडी केही महिनापछि नेपाली सडकमा पनि गुड्ने बताइएको छ । नेपालमा भारतीय बजारमा उत्पादन हुने सेल्टोश आउने छ ।


Back_to_top