कियाको भारत मेड एसयूभीको टिजर सार्वजनिक, यस्ता छन् विशेषता

कियाले एसपी कन्सेप्टमा आधारित मिड साइज एसयूभी बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले एसपीटूआई कोड नेम दिइएको यो एसयूभीलाई २०१८ को अटो एक्स्पोमा डेभ्यू गरेको थियो । हिजो टिजर सार्वजनिक गरेको कम्पनीले आगामी जुनमा यो मोडलाई बजारमा ल्याउने भएको छ । 

हुन्डाई क्रेटाको प्लाटफर्ममा निर्माण भएको यो मोडलको फ्रन्टमा टाइगर नोज ग्रिल, एलइडी हेडलाइट सेटअप, एलइडी डीआरएलएस रनिङ लाइटसँगै ग्राफिक्स र पोजिसननिङ ल्याम्पसमेत दिएको छ । 

यसमा अलोय ह्वील, प्लास्टिक क्लेडिङ, रुफ रेल्स, फ्लटिङ रुफ स्पोइलर, लार्ज रियर प्यासेन्जर विन्डोको विशेषता दिइएको छ । इन्टेरियरमा अल ब्लाक लेदरले ढाकिएको छ भने डोर र ड्यासबोर्डमा सफ्ट टच मेटरियल्सको प्रयोग गरिएको छ । 

यस्तै, टचस्क्रिन  इन्फोटेनमेन्ट सिस्टम, भ्वाइस कमान्ड, एप्पल कार प्ले, एन्ड्रोइड अटो, इलेक्ट्रीक सनरुफ, अटो डिम डे, नायाँ ओआरभीएम, वायरलेस फोन चार्जर लगायतका फिचर रहेका छन् । सोही सेग्मेन्टमा निर्माण भएका मध्ये यो मोडल निक्कै स्पोर्टी हुने कम्पनीले जनाएको छ । 

यसमा १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल यूक्त फोर सिलिन्डर इन्जिन लगाइएको छ । बीएस ६ मापदन्ड अनुसार निर्माण भएका इन्जिनमा म्यानुअलका साथै अटोमेटिक ट्रान्समिसनको अप्सन दिइएको छ । यसको मूल्य लगभग क्रेटाको जस्तै रहने अनुमान गरिएको छ । 


Back_to_top