यी ४ कुरा बुझेर मात्रै इलेक्ट्रीक वाइक वा स्कुटर किन्नुस्

काठमाडौं । पर्यावरणीय सन्तुलनको हिसाबले पेट्रोल र डिजेल इन्जिन लाग्ने सवारीको विकल्पको रुपमा लिइएको विद्युतीय सवारीको प्रयोग विश्वव्यापी रुमपै बढिरहेको छ । 

अहिले संसारका चर्चित अटोमोबाइल कम्पनीले विद्युतीय सवारीको उत्पादन तथा बिक्रीलाई उच्च प्राथमिकता दिइरहेका छन् । जसको प्रत्यक्ष प्रभाव नेपाली अटो बजारमा देखिन थालेको छ । 

चारपाँग्रे सवारी चालकले जस्तै बाइक तथा स्कुटर चढ्ने उपभोक्ताको रुचीपनि बिस्तारै इभी तिर ढल्किन थालेको छ । 

हाल, नेपाली बजारमा एनआइयु, बेला, टेरा, मियामा, योमा मा माइ लगायतका कम्पनीले इलेक्ट्रीक स्कुटर तथा बाइक बेच्दै आएका छन् । तर, यस्ता इलेक्ट्रीक बाइक तथा स्कुटर खरिदपूर्व केही तथ्य थाहा पाउन जरुरी हुन्छ ।

 रेञ्ज (माइलेज)

इलेक्ट्रीकबाइक तथा स्कुटरले एक पटकको फुल चार्जमा कति रेञ्ज प्रदान गर्छ भन्नेबारे सुरुमै बुझ्नु पर्छ । फुल चार्जमा कति दुरि तय गर्नसक्छ भन्ने थाहा नपाई बाइक वा स्कुटर खरिद गर्नु हँुदैन । हाल, बजारमा फुलचार्जमा ६०–१२० किलोमिटरसम्म रेञ्ज प्रदान गर्ने बाइक तथा.स्कुटर बिक्री वितरण भइरहेका छन् ।

 व्याट्री

कति क्षमताको व्याट्री र कति पावरको मोटर लगाइएको छ, भन्ने कुराको जानकारी लिएरमात्र बाइक तथा स्कुटर खरिद गर्ने प्लान बनाउनु पर्छ । इलेक्ट्रीक सवारीको सबैभन्दा महत्वपूर्ण पार्ट नै व्याट्री र मोटर हो । त्यस्तै स्कुटर वाटरप्रुफ छ वा छैन, शक प्रुफ छ वा छैन, व्याट्री रिप्लेसको संभावना कति छ जस्ता कुरा पहिल्यै बुझेर मात्रै इलेक्ट्रीक बाइक वा स्कुटर खरिद गर्नुपर्छ ।

 सर्भिस

सम्बन्धीत कम्पनीले कति वर्षको सर्भिस दिन्छ भन्नेबारे बुझ्नु अर्को महत्वपूर्ण विषय हो । बिक्रेता कम्पनीको सर्भिस पोलिसी, वारेन्टी, स्पेयर पार्टको उपलब्धताको विषयमा बुझेर मात्र किन्नु पर्छ । नेपालमा सबैभन्दा ठूलो समस्या भनेकै सर्भिसको हो । 

मूल्य

खरिद गर्नुपूर्व थाहा पाउनु पर्ने सवारी साधनको मूल्य हो । नेपालमा अहिले चिनियाँ बाइक तथा स्कुटरको बिगबिगी नै छ । त्यसैले आफ्नो बजेट अनुरुप योजना बनाएर मात्रै वाइक वा स्कुटर खरिद गर्ने योजना बनाउनु पर्छ । 


Back_to_top