यी कुरा बुझेरमात्र किन्नुस् हिरोको ‘एक्सपल्स सिरिज’, नत्र पछ्ताउनु पर्ला

काठमाडौं । नाडा अटो शो २०१९ मा हिरोले तीन नयाँ मोटरसाइल नेपाली बजारमा सार्वजनिक गरेको थियो । यी मध्य एक थियो हिरो एक्सपल्स २०० । अटो शोमा ग्राहकको ध्यान खिच्न सफल भएको यो मोटरसाइकल केही दिनअघि कम्पनीले आधिकारीक रुपमा बिक्री सुरु भएको घोषणा गरेको थियो । 

नेपाली बजारमा अफरोड मोटरसाइकलको माग बढ्दै गएको समयमा हिरोले सार्वजनिक गरेको यो अफरोड मोटरसाइकल हाल निकै चर्चामा रहेको छ । कम्पनीले स्रोतका अनुसार यो मोेटरसाइकलको बजार माग अहिले उच्च रहेको छ ।

नेपाली बजारमा ३ लाख ३२ हजार सुरुवाति मूल्यबाट एक्सपल्स २०० सिरिज उपलब्ध रहेको छ भने यसको सबैभन्दा महंगो मोलको मूल्य ३ लाख ८५ हजार रुपैयाँ तोकिएको छ । 

यति धेरै चर्चामा रहेका यो मोटरसाइकलका कमजोरी पनि उत्तिकै रहेका छन् । यदी तपाई यो मोटरसाइकल किन्ने सोच बनाउँदै हुनुहुन्छ भने थाहापाउनुस् यसका कमजोरी ।

ब्रेकिङ

सवारी साधनको मुख्य विषय सुरक्षा हो । त्यसैले साधनमा दिइएको ब्रेक आफैमा बिषेश हुने गर्छ । कम्पनीले हिरो एक्सपल्स २०० अफरोड बाइकलाई एबीएस सहित सार्वजनिक गरेको छ । 

फ्रन्टमा २७६ एमएमको एबीएस सहितको ब्रेकले सहरी क्षेत्रमा उत्कृष्ट पर्फमेन्स गर्छ । रियरको डिस्क ब्रेक समेत निकै राम्रो रहेको छ ।

तर, अफरोड राइडिङमा यसको ब्रेकिङ सिस्टममा निकै ठूलो समस्या रहेको छ । यो मोटरसाइकल लिएर अफरोड राइडको क्रममा जानुहुन्छ र ओरालो झर्दै हुनुहुन्छ भने याद गर्नुस् राइडिङको क्रममा फ्रन्ट ब्रेक लिभर जाम भएर ब्रेकिङमा समस्या हुन सक्छ । 

सिट क्वालिटी

सिट सुन्दा सामान्य लागे पनि लामो यात्राको लागि यो महत्वपूर्ण हुन्छ । बिशेष गरेर अफरोड मोटरसाइकल लामो यात्राको क्रममा प्रयोग गरिन्छ । लामो यात्रामा प्रयोग गरिने यो मोटरसाइकल निर्माणगर्दा कम्पनीले यसको सिट क्वालिटी ध्यान नदिएको जस्तो देखिन्छ । 

यसको सिट एकदमै हार्ड मटेरियल प्रयोग गरेर बनाइएको छ । यसले राइडरलाई बाइक चलाउँदा एकदमै पेन हुन्छ । लामो यात्रामा जाँदा वा रेगुलर चलाउँदा समेत यसको सिट चेन्ज गरेर चलाउदा राम्रो हुन्छ ।

भाइब्रेसन/इन्जिन हिट

यो मोटरसाइकल ८० को स्पीडमा पुगेपछि फुट पेग र ह्यान्डलबारमा भाइब्रेशन शुरु हुन्छ । सामान्य गतिमा भने यसमा कुनै भाइब्रेशन फिल हुँदैन । यसका साथै केही समयको लामो राइड तथा अफरोडको चढाइमा बाइक ७ हजार आरपीएममा पुग्दा एकदमै हिट हुन सुरु हुन्छ ।

गियर/पिकअप

यो मोटरसाइकलमा ५ स्पीडको गियरबक्स रहेको छ । पहिलो गियरमा यो मोटरसाइकलको स्पीड एकदमै कम रहेको छ । साथै दोस्रो गियरको स्पीड एकदमै धेरै रहेको छ । अफरोडमा राइडगर्दा धेरै जस्तो १ गियरमा बाइक चलाउने गर्नु पर्छ । 

मोटरसाइकलमा पहिलो गियरमा बाइकको स्पीड कम भएको कारण बाइकले नराम्रो आवाज निकाल्नुको साथै २ गियरको स्पीड धेरै भएको कारण स्पीड स्थिर रहन नसक्दा बाइकको इग्निशन (स्र्टाट) बन्द हुन्छ । यसले मोटरसाइकलको पिकअप क्षमतामा असर पुर्याउछ ।

चालकको अनुभव

निकै चर्चामा रहेको हिरो एक्सपल्समा हालै मात्र लोमान्थाङ पुगेको भारतीय मोटो भ्लगर बुल्लु पथनायकले समेत आफ्नो हिरोएक्स पल्स एफआई इन्जिनका बाबजुद पनि कयौ पटक स्टार्ट बन्द भएको तथा बाइकले लोमान्थाङ यात्रामा पिकअप समस्या आएको बताएका छन् । 

केही दिन अघि भारतीय मोटो भ्लगरहरुसँग मेरो भेट हुँदा उक्त एक्सपल्सको विषयमा कुरा भएको थियो । उनिहरुको अनुभवपनि कमजोर पिकअप रहेको थियो । 

यसको सिटिङ पोस्चर अफारोड मैत्री छैन भने फुटपेगको पोजिशन माथि रहेको छ । ह्याण्लबारको पोजिशन तल हुनाले राइडलाई अगाडि झुक्नु पर्ने हुन्छ । यो अफरोड बाइकको बिशेषता होइन । 

यसका साथै मोटरसाइकलको हेडलाइट एकदमै कमजोर भिजिबिलिटी रहेको छ । यसले रात्रिकालिन अफरोड राइडमा दुर्घटना निम्त्याउने सम्भावना रहन्छ ।


Back_to_top