सुजुकी एस-प्रेसोबारे जान्नै पर्ने ४ तथ्य, कुन भेरियन्टमा कस्तो फिचर

काठमाडौं । मारुती सुजुकीले केही समयपछि भारतीय बजारमा सार्वजनिक गर्ने भएको इन्ट्री लेभल कार सुजुकी एस–प्रेसो नेपाली बजारमा पनि निकै प्रतिक्षित कारको रुपमा रहेको छ । 

गत नाडा अटो शोबाट सुरुवाति मूल्य २२ लाख ९९ हजार निर्धारण गरेर बुकिङ्ग खुलाइएको यो कार विभिन्न चार भेरियन्टमा आउने छ । माइक्रो एसयूभीको थिममा निर्माण भएको एस–प्रेसोमा भिटारा बे्रजामा समेटिएको जस्तै विशेषता दिइएको छ । 

यदि तपाईले पनि यो कार बुकिङ्ग गर्ने योजना बनाउनु भएको छ भने यसका बारेमा थाहापाउनु जरुरी हुन्छ । ग्राहकले यसबारे बुझ्नै पर्ने केही तथ्य यस प्रकार छन् ।

कुन भेरियन्टमा कस्तो फिचर ?

एस–प्रेसो एसटीडी,  एलएक्सआई, भिएक्सआई र भिएक्सआई ¬(प्लस) गरि चार भेरियन्टमा उपलब्ध हुनेछ । यसका सबै भेरियन्टमा सामान किसिमको सुरक्षा फिचर दिइएको छ । एलएक्सआई भेरियन्टमा एयर कन्डिशनरको सुविधासँगै पावर स्टेयरिंगको फिचर दिइएको छ । 

भिएक्सआई भेरियन्टमा फ्रन्ट पावर विन्डो, किलेस इन्ट्री, सेन्ट्रल लकिंग सिस्टम, बडी कलर बम्पर जस्ता विशेषता दिइएको छ ।

यस्तै, भिएक्सआई प्लसमा १७.७८ सेन्टीमिटरको स्मार्टप्ले स्टुडियो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, स्टेयरिंग माउन्टेड कन्ट्रोल्स, बडी कलर ओरभिएमएस लगायतका विविध विशेषता दिइएको छ । 

एस–प्रेसोको सबै मोडलमा एबीएस, इबीडी, ड्राइभर साइड एयरब्याग, रिभर्स पार्किङ सेन्सर, स्पीड अलर्ट सिस्टम, सिट बेल्ट रिमाइन्डर जस्ता सुरक्षा फिचर दिइएको छ । यसको सबै भेरियन्टमा इलेक्ट्रीक स्पीडोमिटर लगाइएको कम्पनीले जनाएको छ ।

फ्रन्ट र रियरमा ब्ल्याक बम्पर दिइएको छ भने फ्रन्टमा दिइएको ह्वील आर्क, ब्ल्याक आउट बि फ्रन्ट फेन्डर र मस्कुलर हन्चले कारलाई आकर्षक लुक दिइएको छ ।

साइज

यस कारको लम्बाई ३५६५ एमएम, चौडाई ३६७९ एमएम र उचाई १५६४ एमएम रहेको छ । यसको ह्वीलवेस २४२२ एमएम रहेको छ । यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ । २७ लिटर इन्धन क्षमताको फ्युल ट्यांकी लगाइएको यस मोडलमा १४ इन्चको अलोय ह्वील लगाइएको छ ।

इन्जिन

सुजुकीको हार्टटेक प्ल्याटफर्ममा निर्माण गरिएको यो कारमा १.० लिटर ३ सिलिन्डर के सिरिज पेट्रोल इन्जिन दिइएको छ । जसले ८२ बीएच पावर र ११४ एनएम टर्क उत्पादन गर्छ ।

मूल्य

यसलाई नेपाली बजारमा सुरुवाति मूल्य २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यद्यपी भारतीय बजारमा यसको मूल्य अझै सार्वजनिक भएको छैन । नेपालमा एस–प्रेसो बुकिङ्ग गर्न चाहने ग्राहकले ५ देखि २५ हजार रुपैयाँ तिरेर बुकिङ गर्न सक्ने छन् ।


Back_to_top