कोटेश्वरको जाम हटाउन ट्रफिक प्रहरी एक्सनमा, हट्ला जाम

Not found

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका मुख्य चोकहरुमा जाम हटाउन अभियान नै चालेकोको छ । सुन्धरा र पुरानो बसपार्कमा लागु गरिएको पिक एन्ड ड्रप कोटेश्वरमा पनि लागु भएको छ । 

उपत्यकाको प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था आइतबारदेखि लागू गरिएको हो । ट्राफिक प्रहरी, काठमाडौँ महानगरपालिका र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार आइतबारदेखि कोटेश्वर चोकमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको प्रहरीको भनाई छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै सवारी जाम कम हुने बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले उक्त व्यवस्था लागू भएसँगै कोटेश्वर चोकमा हुने जाममा कमी आउँने हुँदा यातायात व्यवसायी, चालक तथा सहचालकलाई घण्टौँ जाममा बस्नुपर्ने वाध्यता हट्ने बताए । यसबाट यात्रु तथा व्यवसायी सबैलाई सहज हुने उनको भनाई छ । 

यसअघि ट्राफिक प्रहरीले जमल, पुरानो बसपार्क, शहीदगेट, एनएसी, लैनचौर क्षेत्रमा उक्त व्यवस्था लागू गरेको थियो ।

आगामी दिनमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन उपत्यकाका विभिन्न स्थानमा उक्त व्यवस्था लागू गर्ने महाशाखाले जनाएको छ । रासस



image not found