पावर प्याक ब्राण्डको १२५ सीसीदेखि ३९० सीसीका बाइक, यस्तो छ मूल्य र बिशेषता

Not found

काठमाडौं । केटीएम डुक अस्ट्रियन मोटरसाइकल निर्माता कम्पनीको इन्ट्री लेवल प्रिमियम ब्राण्डको रुपमा परिचत छ । नेपाली बजारमा भने केटीएमलाई प्रिमियम ब्राण्डको रुपमा युवा युवा पुस्ताको विशेष रोजाइमा पर्दै आएको छ । 

स्टाइलिस बडी र आकर्षक पावर प्याकका कारण केटीएमका उत्पादन बढि रुचाइएको हो । करिब आठ वर्ष अगाडि नेपाली बजारमा भित्रीएको केटिएमले हाल विभिन्न मोडलका सात बाइकको बिक्री गर्दै आएको छ । सुरुवाति मूल्यनै चार लाख रुपैयाँ भन्दा महङ्गो रहेको केटीएमका उत्पादन हंशराज हुलास चन्द एण्ड कम्पनी नेपालको आधिकारिक वितरक हो ।

यूरोपियन फिचरको बिशेषता दिइएको ड्युक १२५ नेपाली बजारमा उपलब्ध केटीएमको सस्तो मूल्यको बाइक हो । गत नाडा  अटोशोमा सार्वजनिक गरिएको केटीएम ड्यूक १२५ मूल्य ४ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।  

त्यस्तै, यसको सबैभन्दा महङ्गो बाइक, केटीएम ड्यूक ३९० को मूल्य ८ लाख २९ हजार ९ सय रुपैयाँमा बिक्री हुदै आएको छ । कम्पनीले ड्युक २०० (नन एबीएस) ४ लाख ९९ हजार ९ सयमा बेच्दै आएको छ । यसको  एबीएस भर्सन भने, ५ लाख २४ हजार ९ सय रुपैयाँमा बिक्री गर्दै आएको कम्पनीले जनाएको छ  । 

त्यसैगरी, केटिएमको अर्को बाइक आरसी २०० (नन एबिएस) को मूल्य ५ लाख ८४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

केटीएम ड्यूक २५० एबीएस ६ लाख ३९ हजार ९ सय रुपैयाँमा बिक्री भैरहेको छ भने, ३९० आरसी ८ लाख १९ हजार ९ सय रुपैयाँमा बिक्री भैरहेको छ । 

कम्पनीका मार्केटिङ डायरेक्टर बिजय मोक्तानले पछिल्लो समय ग्राहकबाट निक्कै राम्रो प्रतिक्रिया पाइरहेको जानकारी दिएका छन । केटीएम ड्यूक १२५ सार्वजनिक भएलगत्तै यो बाइक बुकिंग गर्ने ग्राहकको संख्या बढेको उनले बताए ।  

ग्राहकको आवश्यकता तथा मागलाई ध्यानमा राख्दै केटीएमले नेपाली बजारमा नेकेड भर्सनका मोटरसाइकलको बिक्री गर्दै आएको छ । 

नेपाली युवा पुस्तामा पनि नेकेड र रेसिङ बाइकप्रतिको रुची निक्कै बढ्दै गएकाले केटीएमका बाइकले निक्कै राम्रो बजार पाइरहेको छ ।



image not found