केटीएम ड्यूक १२५ नेपालमा सार्वजनिक, यस्तो छ सबै मोडलको मूल्य

Not found

काठमाडौं । अष्ट्रियन मोटरसाइकल निर्माता कम्पनी केटीएमका लागि नेपालको आधिकारीक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले नाडा अटो शोमा ड्यूक १२५ सार्वजनिक गरेको छ । 

नेपाली बजारमा यो बाइकको मूल्य करिब ४ लाख ४९ हजार ९०० रुपैयाँ तोकिएको छ । साथै एबीएस सहितका ड्यूकका अन्य मोडलपनि अटो शोमा सार्वजनिक गरिएकाले ति सबै मोडलको मूल्य सार्वजनिक भएको छ । 


केटीएम ड्युक १२५ लाई यो सेग्मेन्ट अन्तर्गत सबैभन्दा पावरफुल मोटरसाइकलको रुपमा लिइन्छ । यसमा उपलब्ध १२४.७ सीसी लिक्वीड कुल्ड सिंगल सिलिन्डर इन्जिनले ९ हजार २ सय ५० आरपीएममा १४.५ बीएच पावरका साथै ८ हजार आरपीएममा १२ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्स लगाइएको छ ।

यो मोटरसाइकलमा एबिएसको विशेषता उपलब्ध छ । यो बिशेषता उपलब्ध केटीएम ड्यूक १२५ सुरक्षित मोटरसाइकल रुपमा लिइन्छ । ड्यूक १२५ यो एबीएस विशेषता समेटिएको पहिलो मोटरसाइकल हो ।

मोटरसाइकलमा केटीएम ड्यूक २०० को स्टाइल दिइएको छ । यसमा उपलब्ध टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, एलइडी हेडल्याम्प, आकर्षक बडिले निक्कै अग्रेशिप लुक दिएको छ ।

साथै, यस मोटरसाइकलमा टीएफटी कलर डिस्प्ले, ब्लू–टुथ स्मार्टफोन इन्टिग्रेसन, फूल–एलईडी हेडल्याम्प, मेटजेलर टायर जस्ता फिचर ड्यूक–१२५ मा उपलब्ध छ । यो मोटरसाइकलको सीटको हाइट ८१८ एमएम रहेको छ । साथै, यसको कुल तौल १४८ किलोग्राम रहेको छ । यो मोटरसाइकलको टपस्पिड क्षमता १२० किलोमिटर प्रतिघन्टा रहेको छ ।  



image not found