हेर्नुहोस् रोयल इन्फिल्डको पार्टसमा बनेको डूक ३९० एड्भेन्चर

Not found

केटीएमले ३९० एड्भेन्चर बाइक सार्वजनिक गर्ने घोषण अनुरुप बाइक बनाइरहेको  बताइएको छ । यसै बर्षको अन्त्यसम्ममा ३९० एड्भेन्चर सार्वजनिक हुने अनुमान गरिएपनि हालसम्म आधिकारीक कुनै तथ्य सार्वजनिक भइको छैन । 

यसै क्रममा भारतीय बजारमा ३९० कै कन्सेप्टमा एक मोडिफाइड कम्पनीले बाइक निर्माण गरेको छ । एचटीडी कस्टोम नामक बाइक मोडिफाइ गर्ने कम्पनीले केटीएम डूक ३९० लाई केटीएम ७९० एड्भेन्च कन्सेप्टमा मोडिफाई गरेको हो ।

यस बाइकमा एचटीडी कस्टोमले रोयल इन्फिल्ड हिमालयन को पार्टस प्रयोग गरेर उक्त मोडल बनाएको हो । डूक ३९० लाई उक्त रुप दिन एचटीडी कस्टोमले ४ महिना लगेको जनाएको छ । बाइकलाई मोडिफाइ गर्न समेत १ लाख ५० हजार भारतीय रुपैँया लागेको कम्पनीले दाबी गरेको छ । 

बाइकमा रोयल इन्फिल्ड हिमालयनको फ्रन्ट सस्पेन्सन र ह्वील सेटअप लिइएको छ भने यसमा प्रयोग गरिएको नोच, वीन्डब्लास्ट प्रोटेक्टर, फ्रन्टमा २१ इन्च ह्वील, रियरमा १७ इन्च बिगर ह्वील, उच्च ग्राउन्ड क्लियरेन्स, लगेज स्पेस जस्ता फिचरले बाइकलाई एड्भेन्चर लुक प्रदान गरेको छ । यसको हेडलाइट केटीएम ७९० एड्भेन्चरको डिजाइनमा रहेको मोडिफाइड कम्पनीको दावी छ ।  



image not found