रेनो क्वीडको फेसफ्टि मोडल अर्को महिनाबाट बजारमा, यस्ता छन् नयाँ फिचर

रेनोले आफ्नो चर्चित स्मल ह्याचव्याक क्वीडको फेसलिफ्ट मोडल अक्टोवरमा सार्वजनिक गर्ने तयारी गरेको गाडीवाडी डटकमले उल्लेख गरेको छ । 

क्वीडको नयाँ संस्करणमा आकर्षक इन्फोेटेनमेन्ट सिस्टम र स्पिडोमिटर जडान गरिएको छ । नयाँ क्वीडमा बिएस ६ मापदन्ड अनुरुपको इन्जिन र ट्राइबर एमपीभीमा उपलब्ध इन्फोटेनमेन्ट सिस्टम लगायतका विशेषता थपिएको कम्पनीले जनाएको छ ।

यो ह्याचब्याक कार आगामी महिनाभित्रै सार्वजनिक हुनेछ । यसको फ्रन्ट बम्परमा एन्ड्रोन हेडल्याम्प र एलइडी डे टाइम रनिंग लाइट, रियरमा सि सेपमा अपडेट गरिएको एलइडी लाईट लगाइएको छ । 

स्पोर्टी लुक्समा निर्माण भएको क्वीडमा नयाँ इन्स्ट्रुमेन्ट क्लस्टर, ८ इन्चको टचस्क्रिन इन्फोटेनेमन्ट सिस्टमसँगै एप्पल कारप्ले, एन्ड्रोइड अटो, ब्ल्यु टुथ कनेक्टीभिटीको विशेषता दिइएको छ ।

क्वीड दुई इन्जिन अप्सन ०.८ लिटर र १.० लिटर पेट्रोल इन्जिनमा उपलब्ध हुने छ । यसमा रहेको ०.८ लिटर इन्जिनले ५४ पीएस पावरका साथै ७२ एनएम टर्क उत्पादन गर्छ भने, अर्काे इन्जिनले ६८ पीएस पावर र ९१ एनएम टर्क उत्पादनको क्षमता राख्दछ ।  

कम्पनीका अनुसार यसको इन्जिनमा पाँच स्पीड म्यानुयल र एएमटी ट्रान्समिसन दिइएको छ । 


Back_to_top