बी-१० एसयूभी आइपुग्यो नेपाल, बुधबार विशेष कार्यक्रम गर्दै

काठमाडौं । साँग्रिला मोटर्सले आगामी नाइमा मोविलिटी एक्स्पोमा प्रदर्शनी गर्ने तयारीको साथ ल्याएको बी-१० एसयूभी नेपाल आइपुगेको छ । लीपमोटरको दोस्रो एसयूभीको रुपमा नेपाल आएको बी-१० को बुधबार विशेष कार्यक्रम आयोजना हुन लागेको हो ।

‘नाइमा मोविलिटी एक्स्पोबाट बिक्री सुरु गर्ने योजनासहित बी-१० नेपाल आएको छ । आगामी बुधबार विशेष कार्यक्रम गर्ने योजना बनाएका छौं’, साँग्रिला मोटर्स स्रोतले मेरोअटोसँग भन्यो ।

ठ्क्कै गर्न लागेको कार्यक्रम के हो भन्ने विषयमा जानकारी भने बाहिर आएको छैन । नाइमा मोविलिटी एक्स्पोमा राखेर बुकिङ सुरु गर्ने योजनाका साथ बी-१० नेपाल ल्याएको कम्पनीको भनाई छ । यसको डेलिभरी भने सेप्टेम्बरबाट सुरु हुनेछ ।

आगामी साउन २१ गतेबाट आयोजना हुन लागेको मोविलिटी एक्स्पोमा विशेष प्रदर्शनी हुने बी-१० एसयूभी नेपाली बजारमा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा आउने छ । यसको पीकटर्क २४० न्यूटन मिटर छ ।

लीपमोटरले बी-१० एसयूभीमा ६७.१ किलोवाट आवर र ५६.२ किलोवाट आवरको दुई ब्याट्री अप्सन दिएको छ । सम्भवत दुबै ब्याट्री अप्सनमा बी-१० नेपाल आउने छ ।

युरोपियन ब्राण्ड स्टेलान्टीसको प्रबेशसँगै आक्रमक बजार विस्तारमा देखिएको लीपमोटरले बी-१० एसयूभीलाई फिचर लोडेड बनाएर ल्याएको छ । टेक्नोलोजीमा पनि कम्पनीले कुनै सम्झौंता गरेको छैन । ‘लीप ३.५ आर्किटेक्चर’मा बनेको बी-१० एसयूभीको ककपीटमा क्वालकमको स्न्यापड्रागन ८२९५ चीप प्रयोग भएको छ । इन्टेलिन्ट ड्राइभिङ सिस्टमसहित आउने बी-१० सुरक्षाको हिसावले पनि अब्बल हुनेछ ।

लीपमोटरको बी-१०ले धेरैको ध्यान खिच्ने अर्को विषय यसको साइज पनि हो । कम्पनीले यसलाई ४५१५ एमएम लामो, १८८५ एमएम चौडा र १६५५ एमएम अग्लो बनाएको छ । यसमा २७३५ एमएम लामो ह्वीलवेस दिइएको छ ।


Back_to_top