चीनमा १९ लाख रुपैयाँबाटै बिक्री थालिएको एसयूभी बारे जान्नै पर्ने ३ कुरा

काठमाडौं । लीपमोटरले बी सेग्मेन्ट एसयूभीको रूपमा बजारमा ल्याएको नयाँ एसयूभीको मूल्य १३ हजार ५९० डलर तोकेर बिक्री सुरू गरेको छ । कम्पनीले तोकेको उक्त मूल्य केबल १९ लाख २ हजार नेपाली रुपैयाँ बराबर हो ।

चीनमा बिक्री आरम्भ भएको लीपमोटर बी-१० विश्वभर मूल्यको कारण चर्चा सुरू भएको मोडल हो । विशेषगरी बीवाइडी एटो-३, ओमोडा ई-५, प्रोटोन इमास-७ र एमजी एस-५ जस्ता मोडालसँग सिधा प्रतिस्पर्धा गर्ने बी-१० अगष्ट अन्तिमसम्ममा नेपाली बजारमा पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

चीनमा प्रि-सेल्स सुरू भएको पहिलो एक घण्टामै १० हजार १६ युनिट बुकिङ भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चिनियाँ स्टार्टअप कम्पनी लीपमोटरमा युरोपियन ग्रुप स्टेलान्टीसको प्रवेशसँगै निकै आक्रमक बजार विस्तारमा देखिएको कम्पनीले बी-१० एसयूभीलाई विभिन्न ५ भेरियन्टमा उपलब्ध गराउने छ ।

साइज

पाँच सिट क्षमताको लीपमोटर बी-१० एसयूभी ‘लीप ३.५ टेक्नोलोजी आर्किटेक्चर’मा तयार भएको हो । कम्पनीले यसको लम्बाइ ४५१५ एमएम, चौडाइ १८८५ एमएम र उचाइ १६५५ एमएम दिएको छ । यसमा ह्वीलबेस २७३५ एमएम लामो छ ।

ब्याट्री र रेन्ज

लीपमोटरले बी-१० एसयूभीमा लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्रीप्याक दिएको छ । यसमा ५६.२ र ६७.१ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । उक्त ब्याट्रीले क्रमशः ३६५ र ४२० किलोमिटर डब्लूएलटीपी रेन्ज दिने अनुमान गरिएको छ । यी दुवै ब्याट्रीको सीएलटीसी रेन्ज भने क्रमशः ५१० र ६०० किलोमिटर रेन्ज दिने जनाएको छ ।

लेफ्टह्याण्ड ड्राइभ बी-१० को इन्टेरियर

मोटर पावर

लीपमोटरले बी-१० एसयूभीमा मोटर पनि दुई फरक पीकपावर भएको मोटर दिएको छ । कम्पनीले सबै भेरियन्टमा रियर ह्वील ड्राइभ मोटर दिएको छ । सानो ५६.२ किलोवाट आवरको ब्याट्रीसँग १३२ किलोवाट र ठूलो ६७.१ किलोवाट आवरको ब्याट्रीसँग १६० किलोवाटको इलेक्ट्रीक मोटर छ ।

सानो मोटरले १७५ न्यूटन मिटर टर्क प्रदान गर्छ । जबकि ठूलो मोटरले २४० न्युटन मिटर टर्क जेनेरेट गर्छ । ठूलो मोटरले ६.८ सेकेण्डमा शून्यदेखि १०० किलोमिटरको रफ्तार भेट्टाउन सक्छ ।


Back_to_top