नयाँ आर्थिक वर्षबाट ‘बहिरा’ले समेत सवारी लाइसेन्स पाउने

Not found

काठमाडौं । आर्थिक वर्ष २०७६÷०७७ देखि सुस्म श्रवण भएका (बहिरा) ले समेत सवारी लाइसेन्स पाउने भएका छन् । तालिम लिएर आउने सबै सुस्म श्रवण भएकाहरुलाई संघीय यातायात ऐन मार्फत सम्बोधन गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताए । 

विकास समितिको बैठकमा बोल्दै उनले नयाँ ऐन मार्फत सुस्म श्रवण भएका मानिसहरुलाई समेत सवारी लाइसेन्स वितरणको व्यवस्था गरिने बताएका हुन् । 

बैठकमा सांसदहरुले सुस्म श्रवण शक्ति भएकालाई लाइसेनस दिन अदालतले समेत फुकुवा गरेको र आदेश जारी गरे पनि मन्त्रालयले ऐनमा उल्लेख नगरेका कारण अहिलेसम्म सुस्म श्रवण शक्ति भएकाले सवारी लाइसेनस पाउन नसकेको बताएका थिए । 

यसैमा जवाफ दिदै मन्त्री महासेठले आगामी आवदेखि सुस्म श्रवण शक्ति भएकालाई समेत लाइसेन्स वितरण हुने गरि नयाँ ऐन संशोधन भइरहेको बताएका हुन् । 

‘हामीले आगामी आर्थिक वर्षदेखि लागु हुने गरि ऐन संसोधनमा सुस्म श्रवण शक्ति हुनेलाई लाइसेनस दिनेगरि काम अघि बढाएका छौँ, उनीहरुको क्षमता अनुसार लाइसेनस वितरण गरिन्छ,’ मन्त्री महासेठले भने । 

सर्वोच अदालतले २०६९ मै सुस्म श्रवण शक्ति भएकालाई समेत सवारी लाइसेन्स दिन आदेश दिइसकेको थियो । उक्त निर्णय हालसम्म कार्यन्वयनमा आउन सकेको छैन । यस विषयमा बहिरा महाशंघले बारम्बार कुरा उठाउँदै आएको थियो । 



image not found