चोरीको बाटोबाट २ अर्बको लुब्रिकेन्ट आयात !

Not found

काठमाडौं । नेपाली बजारमा सवारी साधनमा प्रयोग हुने लुब्रिकेन्टको माग ३५ हजार केएल रहेको छ । त्यसमध्ये स्वदेशी उत्पादन र आधिकारीक आपूर्ती २८ हजार केएलमात्र भइरहेको छ । बाँकी ७ हजार केएल अनाधिकृत चोरी पैठारीबाट आयात भइरहेकाले त्यो रोक्न नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले माग गरेको छ । 

नाडाका अनुसार मूल्यको आधारमा हेर्दा नेपालको कूल बजार माग ९ अर्ब रुपैयाँ बराबर भएकोमा स्वदेशमा उत्पादित र अधिकृत आयातबाट ७ अर्वको कारोबार भईरहेको छ । तर बाँकी २ अर्बको कारोबार अनाधिकृत रुपमा भईरहेको कारण यस्तो अनाधिकृत आयातलाई नियन्त्रण गर्न भन्सार दर घटाउनु पर्ने माग नाडाले सरकारलाई दिएको बजेट सुझावमा भनेको छ । 

भन्सार महशुल घटाउदा जति राजस्वमा कमी आउँछ अर्कोतर्फ सोहीे कारण अधिकृत आयात तथा स्वदेशी उत्पादनमा वृद्धि भई सरकारको राजस्व संकलनमा थप वृद्धि हुने दाबी नाडाको छ । आयातित मोबिलको भन्सार दर घटिसकेपछि स्वदेशी उद्योगको संरक्षण गर्नको लागि वेश–आयलको भन्सार दर घटाई ५ प्रतिशत गर्न उपयुक्त हुने नाडाको सुझाव छ । 

नाडाका अनुसार लुव्रिकेटिङ आयलको भन्सार महशुल हाल ३० प्रतिशत कायम रहेकोमा २० प्रतिशत र वेश–आयलमा हाल १५ प्रतिशत कायम रहेकोमा ५ प्रतिशत भन्सार महशुल कायम गरिनु पर्ने सुझाव दिएको छ । जसका कारण चोरी पैठारी नियन्त्रण हुने नाडाको विश्वास छ । 



image not found