महिन्द्रा एडभेन्चर टिम पुग्यो अपर मुस्ताङ

Not found

काठमाडौं । महिन्द्रा एडभेन्चरको ‘एडभेन्चर ड्राइभ अथेन्टिक मुस्ताङ’ फ्ल्याग अफ भएको छैठौँ दिन लोमन्थाङ् पुगेको छ । यस एक्पिडिसनमा १८ वटा महिन्द्राका गाडीमा ४० जना भारतीय तथा नेपाली सहभागी रहेका छन् । यस एडभेन्चरमा महिन्द्राको थार र स्कर्पियो एसयूभीहरुको प्रयोग भएको छ । 

गत शनिवार काठमाडौंबाट सुरु भएको यो एड्भेन्चर ड्राइभ पोखरा, बेनी, मार्फा, जोमसोम, मुक्तिनाथ हुँदै उपल्लो मुस्ताङको लोमन्थाङ्सम्म पुगेको हो । 

जम्मा १० दिनको यस अफरोड् एडभेन्चर ड्राइभमा सहभागी चालक र यात्रुले नेपालको विकट क्षेत्रको बाटोहरुमा महिन्द्राको ४×४ ड्राइभिङ अनुभव लिएका छन् । 

यस ड्राइभमा सहभागी भारतीय यात्रीले नेपालको हिमाली क्षेत्रको उत्कृष्ठ प्राकृतिक सौन्दर्यका साथै स्थानीय संस्कृति र थकाली खानाको स्वाद पनि लिइका छन् ।



image not found