श्रीलंकामा महिन्द्राको एसेम्बलीङ प्लान्ट, नेपालमा कहिले

Not found

महिन्द्राले प्यासेन्जर कार उत्पादन गर्ने उद्देश्यसहित श्रीलंकामा एसेम्बलीङ प्लान्ट निर्माण गर्ने भएको छ । कम्पनीले श्रीलंकाको आइडीएल मोटरसँग १० वर्षे अवधिका लागि साझेदारी गर्दै प्लान्ट संचालन गर्ने निर्णय गरेको हो ।

दुई कम्पनी बीचको सहमति अनुसार महिन्द्राले प्लान्टको ६५ प्रतिशत र आइडल मोटर्सले ३५ प्रतिशत लगानी गर्ने भएका हुन् । एसेम्बलीङ प्लान्ट संचालनका लागि करिब २ विलियन श्रीलंकन रुपीज खर्च हुने अनुमान गरिएको छ । 

उक्त प्लान्टबाट वार्षिक ५ हजार युनिट कार उत्पादन गर्ने लक्ष्य लिइएको छ भने, झन्डै २ सय जना कामदारले प्रत्यक्ष रोजगारीको लाभ लिनसक्ने अनुमान गरिएको छ ।

नेपालमा पनि कम्पनीले प्लान्ट स्थापना गर्ने तयारी गरिरहेको कम्पनीका भाइसप्रेसिडेन्ट हेडअफ इन्टरनेशनल अप्रेशन संजय जाधवले केही समय अगाडि मेरोअटोसँग कुरा गर्दै जानकारी दिएका थिए ।

उनले सानो–सानो प्लान्ट स्थापनामा महिन्द्रा एक्स्पर्ट रहेको बताउँदै नेपालमा अग्नी इनकर्पोरेटसँग मिलेर प्लान्ट स्थापना गर्ने तयारी भइरहेको बताएका थिए ।

कम्पनीले श्रीलंकामा बनाएको आगामी तीन वर्षे रोडम्याप अनुसार यी दुई कम्पनीले पहिला कम्प्याक्ट एसयूभी केयूभी १०० को उत्पादन गर्ने छन् । उत्पादित मोडलमा टायर, ब्याट्री, एक्जस्ट, सिटी सिस्टम स्थानीय कम्पनीबाट लिइने भएको छ । कारमा प्रदान गरिने टायर सियाट टायरले सप्लाइ गर्नेछ भने, ब्याट्री एक्साइबाट लिने निर्णय गरिएको छ ।



image not found