महिन्द्राले नेपालमा बेच्छ ४७ भेरियन्टमा कार, जीप र पिकअप (मूल्यसूचीसहित)

Not found

काठमाडौं । पहाडको उचाई, तराईको गर्मी र हिमालको चिसो होस् वा पानी, हिलो, कच्चीबाटो सबैको रोजाईमा पर्ने गाडी ब्राण्ड हो ‘महिन्द्रा’ ।

विगत २५ वर्षदेखि नेपाली सडकमा आफ्नो बाक्लो उपस्थिति देखाउँदै आएको महिन्द्राका उत्पादनले धेरै नेपालीको मन जित्न सफल भएको छ ।

अग्नी इन्कर्पोरेटले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको महिन्द्राका स्पोर्ट यूटिलिटी भेइकलहरु निकै चर्चित रहेका छन् । गत आर्थिक वर्षमापनि महिन्द्रा सबैभन्दा बढी यूटिलिटी भेइकल बिक्री गर्ने कम्पनी भएको थियो । यो सेग्मेन्टमा कम्पनीले करिब २९ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

अग्नी इनकर्पोरेटले महिन्द्राका उत्पादनहरु पिकअप, जीप र कारहरु बिक्री गर्दै आएको छ । अहिले कम्पनीले बिभिन्न बाटाहरुका लागि उपर्यूक्त  ४७ भेरियन्टका सवारीसाधन बिक्री गर्दै आएको छ ।


कम्पनीले चर्चित पिकअप तथा एसयूभी बलेरो, स्कोर्पियो, एक्सयूभी ५००, एक्सयूभी ३००, टियुभी ३००, अफरोड भेइकल थार, मराजो एमपीभी जस्ता सावरीसाधन बिक्री वितरण गर्दै आएको छ । जसको मूल्य १६ लाख ८० हजारदेखि ९१ लाख २५ हजार रुपैयाँसम्मका गाडी बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले बिक्री गर्ने सबैभन्दा सस्तो सवारीसाधन बलेरो पिकअप म्याक्सी ट्रक प्लस पिकअप हो । जसको मूल्य १६ लाख ८० हजार रुपैयाँ रहेको छ भने सबैभन्दा महंगो मोडल एक्सयूभी ५०० लग्जरी एसयूभी हो । जसको मूल्य ९१ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।

अग्नीले नेपाली बजारमा एड्भेन्चर चाहनेहरुको लागि थार सिआरडीइ, एसटिडी ४ ह्वील ड्राइभ गाडी बिक्री गर्दै आएको छ । जसको मूल्य ४३ लाख १५ हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीले केही समय अगाडि मराजो एमपीभी र एक्सयूभी ३०० एसयूभी सार्वजनिक गरेको छ । यसले नेपाली बजारमा कस्तो व्यापार गर्छ त्यो भने हेर्न बाँकी नै रहेको छ ।



image not found