महिन्द्रा टीयूभी–३०० फेसलिफ्ट सार्वजनिक, यस्तो छ परिवर्तन

महिन्द्राले टीयूभी–३०० को फेसलिफ्ट भर्सन सार्वजनिक गरेको छ । यो कार पहिलो पटक २०१५ को सेप्टेम्बरमा भारतीय बजारमा आएको थियो । सब फोर मिटर एसयूभी सेमगेन्टमा यो कार निक्कै लाकप्रिय रहेको छ । 

महिन्द्रा टीयूभी–३०० को २०१९ भर्सनमा कस्मेटिक तथा इन्टेरियमा निक्कै परिमार्जन गरिएको छ । यो कारको सुरुवाती मूल्य ८ लाख ३८ हजार भारु रहेको छ । 

नयाँ टीयूभी–३०० मा एलइडी डीआरएल सहित हेडलाईटमा निक्कै कस्मेटिक परिवर्तन गरिएको छ । यो कारमा रिभर्स पार्किङ क्यामेरा, जीपीएस सहित १७.८ सीएम इन्फोटेनमेन्ट सिस्टम, माइक्रो हाइब्रिड टेक्नोलोजीलगायत विशेषता रहेको छ ।   

फेसलिफ्ट टीयूभी टीफोर प्लस, टी सिक्स प्लस, टीएट, टीटेन र टीटन (ओ) भर्सनमा उपलब्ध रहेको छ । यो कारमा एमहक१०० डिजेल इन्जिन प्रयोग गरिएको छ । जसले १०० बीएचपी र २४० एनएम टर्क दिन्छ । 

सुरक्षाका लागि ड्राइभर साइड एयरब्याग, एबीएस, रेयर पार्किङ सेन्सर, फ्रन्ट सिटबेल्ट वार्निङ तथा हाइ स्पीड अलर्ट समेत रहेको छ । 


Back_to_top