४ लाख २० हजार डाउन पेमेन्टमा नयाँ कार

काठमाडौं । नेपाली सडकमा सबैभन्दा पहिला इलेक्ट्रीक कार उतार्ने महिन्द्राले आफ्नो र नेपालमै पहिलो वृहत एकल अटो प्रर्दशनी ‘महिन्द्रा उदय’मा आफ्नो इलेक्ट्रीक कार ईटुओलाई विशेष फोकस गरेर शोकेस गर्ने भएको छ । फागुन १० गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमन्डपमा उक्त प्रदर्शनी हुनेछ ।

नेपाली बजारमा पी–फोर मोडलको मूल्य २१ लाख रुपैयाँ रहेको छ । यो कार किन्न चाहने मानिसले त्यसको २० प्रतिशत अर्थात् ४ लाख २० हजार रुपैयाँ डाउन पेमेन्ट जम्ममा गरेर अन्य ८० प्रतिशत फाईनान्स सुविधामा सहजै खरिद गर्न सक्ने छन् । साथै कम्पनीले बिक्री गर्दै आएको पी–सिक्स मोडलको मूल्य २२ लाख ४५ हजार रुपैयाँ राखेको छ ।

बैंकहरूले इलेक्ट्रीक कारमा व्याजदर पनि कम दरमा नै उपलब्ध गराइरहेका छन् । करिब ११ प्रतिशतको हाराहारी ब्याजदरमा सजिलै फाइनान्स सुविधासमेत पाउन सकिन्छ । 

नेपाली सडकमा धेरै वर्षदेखि सफलतापूर्वक गुढीरहेको यो सानो कार भारतको प्रसिद्ध कम्पनी महिन्द्राले निर्माण गरेको हो । यस कारमा ४ जना व्यक्ति आरामसँग यात्रा गर्न सक्नेछन् । सानो आकार र अटोमेटिक ड्राइभिङ्ग फङ्सनले साँघुरा तथा हेभी ट्राफिक भएका बाटाहरूमा पनि यसलाई सजिलै चलाउन, मोड्न तथा पार्क गर्न सकिन्छ । 

कुनै पनि सवारी सञ्चालनमा लाग्ने सबैभन्दा ठूलो खर्च इन्धन हो, जुन हालको मूल्यमा हिसाब गर्दा एउटा गाडीलाई औसत मासिक १० हजार हाराहारीमा खर्च हुन्छ । यस्ता इलेक्ट्रीक भेहिकलमा ग्यासोलिन भेहिकलमा जस्तो लुब्रिकेन्टको पनि प्रयोग नहुने भएकोले मासिकरुपमा आउने लुब्रिकेन्ट र सर्भिसिङ्ग चार्जसमेत बच्ने भएकाले पछिल्ला दिनमा इलेक्ट्रीक सवारीसाधन प्रति नागरिकको चासो बढ्दै गएको छ । 

यस्तो छ कार

यसमा रहेको ४८ सेलको लिथियम आयन फोस्फेट ब्याट्रीलाई फूल चार्ज गर्नको लागि सामान्य घरायसी प्लगइनमा चार्ज गर्दा ४ देखि ५ घन्टा लाग्नेछ । एकपटक फूल चार्ज गरेपछि ११० किलोमिटरसम्म यात्रा गर्न सकिने यो कार सिटीमा चलाउन उत्कृष्ट रहेको छ । 

दैनिक २० देखि ३० किलोमिटरसम्मको मात्र यात्रा गर्ने मानिसलाई ३ दिनमा एकपटकमात्र चार्ज गरे हुन्छ भने दैनिक ३० देखि ४० किलोमिटरको यात्रा गर्ने हो भने २ दिनमा एकपटक चार्ज गर्दा पुग्नेछ । 

नेपालको लागि आधिकारीक बिक्रेता अग्नी इन्–कर्पोरेटअन्तर्गतको अग्नी इनर्जीकाअनुसार आठ–नौ वर्षसम्म प्रयोग गरेपछिमात्र यसको ब्याट्री फेर्नुपर्ने हुन्छ । ब्याट्री पनि ४८ वटा छुट्टाछुट्टै सेल हुने भएकोले कमजोर सेलमात्र परिवर्तन गरे हुन्छ । 

हाल प्रतिसेल ब्याट्रीको मूल्य ७ हजार रुपैयाँ रहेको छ । साथै, ब्याट्रीको मूल्य क्रमिकरुपमा घट्दो क्रममा रहेको अग्नि इनर्जीका सिनियर एक्जुकेटिभ मेनेजर प्रमोद भण्डारीले जानकारी दिए । उनकाअनुसार यसको सञ्चालन खर्च प्रतिकिलोमिटरमात्र १ रुपैयाँ २५ पैसा आउनेछ । 

के हो महिन्द्रा उदय ?

‘महिन्द्रा उदय’ एक वृहत् अटो प्रदर्शनी हो । जहाँ महिन्द्रा एन्ड महिन्द्राले उत्पादन गरेका बिभिन्न मोडलका बस्तुहरु एउटै छानामुनि प्रदर्शनगरी नेपाली ग्राहक र प्रयोगकर्तालाई उत्पादनबारे जानकारी दिइने छ । साथै, केही नयाँ उत्पादनसमेत यो अटो शोमा देख्न पाइनेछ ।

यो पनी पढ्नुस्: फागुन १० बाट भृकुटीमन्डपमा ‘महिन्द्रा उदय’, यसरी लिनुस् निःशुल्क पास

यसरी लिनुस् पास

कम्पनीले मेला अवलोकन गर्न आउने अवलोकनकर्ताको सहजताको लागि अनलाईन रजिष्ट्रेसनको व्यवस्था गरेको छ । त्यसको लागि तपाईले महिन्द्रा उदयको आधिकारीक वेभसाईट  www.mahindraudaya.com मा गएर त्यहाँ दिइएको फाइलमा आफ्नो नाम, इमेल र फोन नम्बर हाल्नु पर्नेछ । त्यसपछि कन्टीनियु लेखिएको बटम क्लिक गर्नुस् । यति गरेपछि तपाईको ई–टिकेट इमेलमा प्राप्त हुनेछ । त्यसको लागि तपाईले कुनै शुल्क तिर्नुपर्ने छैन । यदि तपाईसँग ई–टिकेट वा कम्पनीले वितरण गरेको पास छैन भने प्रबेश शुल्क वापत १०० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।    

निःशुल्क पासको लागि यहाँ क्लिक गर्नुस्


Back_to_top