मापसे गरेर सवारीसाधन चलाए ६ महिना जेल र १० हजार जरिवाना

Not found

छिमेकी मुलुक भारतमा आजबाट नयाँ ट्राफिक नियम लागू भएको छ । यसअघि प्रचलनमा रहेको जरिवानालाई पाँचदेखि ३० गुणा वृद्धि गरेर भारतमा सेप्टेम्बर १ अर्थात् आजबाट नयाँ ट्राफिक नियम लागू गरिएको हो । 

भारतभर लागू भएको नयाँ ‘मोटर भेइकल एक्ट’ अनुसार आजदेखि बिना लाइसेन्स सवारी साधन चलाए पाँच हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । यसअघि भारतमा बिना लाइसेन्स सवारी साधन चलाए पाँच सय जरिबानाको व्यवस्था थियो । हेल्मेट बिना मोटरसाइकल चलाए भारतमा एक हजार रुपैयाँ जरिबाना र तीन महिनासम्म लाइसेन्स निलम्बन गरिने भएको छ । 

भारतीय सञ्चारमाध्यमहरुका अनुसार नशालु पदार्थ सेवन गरेर सवारी साधन चलाए प्रहरीले १० हजार रुपैयाँसम्म जरिबाना गर्न सक्ने अधिकार पाएको छ । यसअघि मदिरा सेवन गरेर सवारी साधन चलाएको फेला परे प्रहरीले दुई हजार रुपैयाँ जरिबाना गर्ने गरेको थियो । 

नयाँ ‘मोटर भेइकल एक्ट’ अनुसार भारतमा ट्राफिक नियम उल्लंघन गरे लाइसेन्स खारेजदेखि जेल सजायसम्म तोकिएको छ । मदिरा सेवन गरेर सवारी साधन चलाएको अवस्थामा प्रहरीले फेला पारे पहिलो गल्तीमा छ महिना जेल र १० हजार रुपैयाँ जरिबाना, दोस्रो पटक फेला परे दुई वर्ष जेल र १५ हजार रुपैयाँ जरिबाना तिर्नुपर्ने बताइएको छ । 



image not found