मारुती सुजुकी सुपर क्यारीको उत्पादन बन्द हुने

मारुती सुजुकीले २०२० को अप्रिलबाट सुपर क्यारीको डिजेल भर्सन उत्पादन बन्द गर्ने तयारी गरेको छ । कम्पनीले भारतमा लागु हुने नयाँ इमिसन मापदन्ड अनुसार नरहेको भन्दै उत्पादन नै बन्द गर्ने भएको हो ।

सुजुकी सुपर क्यारी लाइट कमर्सियल भेइकल हो । कम्पनीले २०१६ को सेप्टेम्बरमा सार्वजनिक गरेको थियो । कम्पनीले २०१६ ÷१७ मा १० हजार ३३, २०१७÷ १८मा २३ हजार ८७४, २०१८÷१९ मा ३४ हजार ८०७ युनिट सुपर क्यारी बिक्री गरेको थियो । 

सुपर क्यारीमा इ ०८, ७९३ टू सिलिन्डर डिजेल इन्जिन लगाइएको छ  । यसले ३५ सय आरपीएममा ३२.६३ पीएस पावरका साथै २ हजार आरपीएममा ७५ एनएम टर्क उत्पादन गर्छ । यसमा पाँच स्पिड म्यानुअल ट्रान्समिसन लगाइएको छ । 

यसले प्रतिलिटर २२.०७ किलोमिटर माइलेज प्रदान गर्छ । यस्तै, यसमा उपलब्ध जी १२ बी १.२ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन लगाइएको छ । जसले ७३.४२ पीएस पावरका साथै १०१ एनएम टर्क उत्पादन गर्छ । 

मारुती सुजुकीको लागि नेपालको आधिकारीक बितरक सीजी मोटोकर्पले नेपाली बजारमा लाइट कमर्सियल भेइकल (एलसीभी) सुजुकी सुपर क्यारीको बिक्री गर्दै आएको छ । नेपाली बजारमा भने यसको मूल्य ११ लाख ९९ हजार रुपैयाँ रहेको छ । 


Back_to_top