मारुती सुजुकी एर्टिगा १.३ डिजेल भर्सनको उत्पादन बन्द हुने

Not found

मारुती सुजकीले एर्टिगा १.३ डिजेल भर्सनको उत्पादन बन्द गर्ने भएको छ । भारतमा लागू हुने नयाँ इमिशन मापदण्ड बीएस ६ अनुरुप नभएको भन्दै कम्पनीले यसको उत्पादन बन्द गर्न लागेको हो । एर्टिगा  डिजेल भर्सन अन्तर्गत दुई वटा भेरियन्टमा बिक्री हुँदै आएको थियो  । एर्टिगामा  उपलब्ध इन्जिनले क्रमशः ७५ एच पावर तथा १९० एनएम टर्क र ९० एच पावर तथा २०० एनएम टर्क उत्पादन गर्छ ।

हाल, सुजुकीले एर्टिगा १.५ लिटर पेट्रोल भर्सनमा बिक्री गर्दै आएको छ । यसमा उपलब्ध इन्जिनले १०५ एचपी र १३८ एनएम टर्क प्रदान गर्छ । यसको इन्जिनमा पाँच स्पिड म्यानुअल र चार स्पिड अटोमेटिक टर्क कन्भर्टर लगाइएको छ । यसका साथै भविष्यमा यो मोडल एसएचभीएस टेक्नोलोजीमा आउने कम्पनीले जनाएको छ ।

बीएस ६ मापदण्ड अनुसारको इन्जिनयुक्त इर्टिगाको मूल्य ७ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले १.३ डिजेल इन्जिनयुक्त इर्टिगा भने ९ लाख ८६ हजार रुपैयाँमा बिक्री गर्दै आएको थियो । यसैबीच कम्पनीले केही समय पछि ६ सिटर एसयूभी एक्सएल ६ सार्वजनिक गर्ने घोषणा गरेको छ ।



image not found