मारुती सुजुकीले इग्निश फेसलिफ्ट २० फेब्रुअरीमा सार्वजनिक गर्ने

मारुती सुुजुकीले आगामी फेब्रुवरी २० मा इग्निशको फेसलिफ्ट भर्सन सार्वजनकि गर्ने भएको छ । कम्पनीले अल न्यू इग्निश मोडल २०१७ मा सार्वजनिक गरेको थियो । भारतमा सार्वजनिक हुने भएको फेसलिफ्ट भर्सनमा न्यू बम्पर, ग्रिलसँगै न्यू फेब्रिक र ड्याशबोर्ड लगाएको छ । 

इग्निशको फेसलिफ्टमा आकर्षक इन्फोटेनमेन्ट सिस्टम, न्यू स्मार्ट–प्ले स्टुडियो सिस्टमसँगै एलईडी प्रोजेक्टर हेडल्याम्प–विथ एलईडीडीआरएल–एसको विशेषता दिइएको कम्पनीले जनाएको छ । 

कम्पनीले यसलाई पेट्रोल र डिजेल दुई इन्जिन अप्सनसहित बजारमा ल्याउने तयारी गरेको छ । यसमा १.२ लिटर के–सिरीज फोर–सिलिन्डर इन्जिन उपलब्ध छ । जसले ८२ बीएचपी पावरकासाथै ११३ एनएम–टर्क उत्पादन गर्छ । यसको इन्जिनमा फाइभ–स्पीड म्यानूअलसँगै फाइभ–स्पीड एएमटी अटोमेटिक ट्रान्समिसन लगाइएको छ । 

कम्पनीले यस मोडलमा अल न्यू वागेन–आर र बलेनो फेसलिफ्टमा उपलब्ध अधिकांश विशेषतः समेटिएको जानकारी दिएको छ । 


Back_to_top