मारुती सुजुकी एस-क्रस अब १.५ पेट्रोल इन्जिनमा

Not found

मारुती सुजुकीले भारत सरकारले २०२० अप्रिल १ देखि लागु गर्ने नयाँ प्रदूषण मापदण्ड बीएस–६ अनुसार आफ्ना सवारी इन्जिन परिमार्जन गरि रहेको छ । मारुतीले अल्टोेदखि बलेनोसम्म बीएस–६ स्ट्यान्डर्डमा ल्याइसकेको छ । 

मारुतीले नयाँ विकास गरेको १.५ लिटर डीडीआइएस २२५ इन्जिन सियाजमा प्रयोग गरेको थियो । पछि उक्त इन्जिन इर्टिगा समेत त्यही इन्जिनमा बनाएको हो । त्यस्तै २०१८ को अगष्टमा सियाज फेसलिफ्टमा नयाँ १.५ लिटर के१५बी फोर सिलिन्टर पेट्रोल एसएचभीएस इन्जिन लगाएको थियो । 

उक्त १.५ लिटर पेट्रोल इन्जिनले १ सय ४.७ पीएस र १ सय ३८ एनएम टर्क जेनेरेट गर्छ मारुतीले एस–क्रममा समेत यही इन्जिन प्रयोग गर्ने भएको छ । कम्पनीले बीएस–६ स्ट्यान्डर्डमा यही इन्जिनमा एस–क्रस छिट्टै बजारमा ल्याउने जनाएको छ । 

हाल चार भेरियन्टमा उपलब्ध एस–क्रसको मूल्य ८ लाख ८६ हजारदेखि ११ लाख ४९ हजार भारुसम्म रहेको छ । नयाँ इन्जिन अप्सनमा आएपछि उपभोक्ताले धेरै भेरियन्ट रोज्न पाउने छन् । 

नयाँ एस–क्रसको इन्टिेरियलगायतमा उल्लेख्य परिवर्तन नहुने कम्पनीले जनाएको छ । भारतमा २०२० अप्रिलदेखि बीएस–६ भन्दा कमका सावरी दर्ता गर्न नपाइने भएकाले सबै कम्पनी नयाँ उत्पादन वा पुरानो इन्जिनलाई स्तरोन्नती गर्न लागि परेका छन् । 




image not found