काठमाडौं आइपुग्यो मारुती सुजुकी एस-प्रेसो, मंसिर १ गते सार्वजनिक हुने

काठमाडौं । केहीअघि नै सार्वजनिक गर्ने भनिएपनि गाडी नआइपुग्दा मारुती सुजुकी एस–प्रेसो सार्वजनिक हुन सकेको थिएन । तर, अबभने मारुतीको चर्चित माइक्रो एसयूभी एस–प्रेसो काठमाडौं आइपुगेको छ ।

मारुती सुजुकी एस–प्रेसोलाई मेरोअटो टिमले मुग्लिन–मलेखु सडकखण्डमा काठमाडौं आउने क्रममा फेला पारेको हो ।

कम्पनीले आगामी आइतबार विशेष कार्यक्रमगरि एस–प्रेसो सार्वजनिक गर्ने तयारी गरेको छ ।

‘गाडी काठमाडौं आइसकेको छ । आगामी आइतबार मिडिया टेष्ट ड्राइभसहित हामी सार्वजनिक गर्ने छौं’, कम्पनीका मार्केटिङ मेनेजर करुण शाक्यले मेरोअटोसँग भने ।

यस्तो छ एस–प्रेसो


सुजुकीको हार्टटेक प्ल्याटफर्ममा निर्माण गरिएको एस–प्रेसोमा १.० लिटर ३ सिलिन्डर के सिरिज पेट्रोल इन्जिन दिइएको छ । जसले ८२ बीएच पावर र ११४ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ ।

एस–प्रेसोको लम्बाई ३५६५ एमएम, चौडाई ३६७९ एमएम र उचाई १५६४ एमएम रहेको छ । यसको ह्वीलवेस २४२२ एमएम रहेको छ । २७ लिटर इन्धन क्षमताको फ्युल ट्यांकी लगाइएको यस मोडलमा १४ इन्चको अलोय ह्वील लगाइएको छ । यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।

विशेषता

एस प्रेसोमा एयर कन्डिशनरको सुविधासँगै पावर स्टेयरिङ्ग , फ्रन्ट पावर विन्डो, किलेस इन्ट्री, सेन्ट्रल लकिंग सिस्टम, बडि कलर बम्पर जस्ता विशेषता दिइएको छ । यसमा १७.७८ सेन्टिमिटरको स्मार्ट प्ले स्टुडियो टचस्क्रृन इन्फोटेन्टमेन्ट सिस्टम, स्टेयरिङ्ग माउन्टेड कन्ट्रोल्स, बडी कलर ओरभीएमएस लगायतका विविध विशेषता दिइएको छ ।

कारमा एबीएस, इबीडी, ड्राइभर साइड एयर ब्याग, रिभर्स पार्किङ सेन्सर, स्पीड अलर्ट सिस्टम ड्राइभर र को–ड्राइभर सिटबेल्ट रिमाइन्डरको विशेषता प्रदान गरिएको छ ।

एस–प्रेसोले प्रतिलिटर २३.९५ किलोमिटर माइलेज दिने एआरएआईले सर्टिफाईड गरेको छ ।


Back_to_top