भिटारा ब्रेजाको फेसलिफ्ट नोभेम्बरमा आउने, यस्ता छन् थप फिचर

Not found

मारुती सुजुकीले अगामी नोभेम्बरमा भिटारा ब्रेजाको फेसलिफ्ट भर्सन सार्बजनिक गर्ने भएको हो ।  ब्रेजाको नयाँ संस्करण १.५ लिटर एसएचभिएस पेट्रोल इन्जिन सहित आउने कम्पनीले जनाएको छ ।

बिएस ६ इन्जिन युक्त ब्रेजामा सनरुफ, चारओटा एयरब्याग जस्ता प्रिमीयम फिचर दिइएको छ । यो मोडलले ग्लोबल एनसिएपीमा चार स्टार पाएको थियो । यसमा उपलब्ध १.३ लिटर पेट्रोल डिडिआइएस २०० फोर सिलिन्डर इन्जिनले ९० पिएस पावरका साथै २००  एनएम टर्क उत्पादन गर्छ । यसमा पाँचस्पिड म्याअनुल गियरबक्स  लगाइएको छ ।

यस्तै, १.५ लिटर के १५ बिपावरट्रेनसंगै हाइब्रिड टेक्नोलोजी लगाइएको छ । जसले १०४.७ पिएस पावरका साथै १३८ एनएम टर्क उत्पादन गर्छ ।

सन् २०१६ मा सार्बजनिक भएको यस मोडलले राम्रो बजार पाइरहेको छ । गत फेब्रुअरीमा महिन्द्रा एक्सयुभी ३०० र मे मा  हुन्डाइ भेन्यु सार्बजनिक भएसंगै यो मोडलमाथि प्रेसर बढेको हो । प्रतिस्पर्धी मोडलको ब्यापार बढेसंगै मारुतीले ब्रेजालाई पनि थप विशेषता सहित बजारमा ल्याउने भएको हो । यसले हुन्डाई भेन्यु, एक्सयुभी ३०० र इकोस्पर्टसंग प्रतिस्पर्धा गर्ने छ । 



image not found