एमएडब्लूले इन्धनदेखि बिटुमिनसम्म बिक्री गर्ने, माग्यो कर्मचारी

Not found

काठमाडौं । भारतको पेट्रोलियम कम्पनी हिन्दूस्तान पेट्रोलियमका उत्पादन नेपाल भित्रने भएको छ । एमएडब्लू इन्टरप्राइजेजले हिस्दूस्तान पेट्रोलियमलाई नेपाल भित्र्याएको हो । 

हिन्दूस्तान पेट्रोलियमले डिजेल÷पेट्रोल रिफाइनका साथै बिटुमिन (अलकत्रा) र लुब्रिकेन्टसमेत उत्पादन गर्दै आएको छ । 

हिन्दूस्तान पेट्रोलियमको आधिकारिक वितरक नियुक्त भएको एमएडब्लू इन्टरप्राइजेजले कर्मचारी समेत माग गरिसकेको छ । म्यानेजरदेखि रिजनल सेल्स, अफिसन, इन्डस्ट्रियल सेल्स म्यानेजर तथा फाइनान्स अफिसरसम्म पदमा कम्पनीले कर्मचारी  माग गरेको हो । 

विगत लामो समयदेखि नेपालमा सवारीसाधन तथा अन्य विभिन्न व्यवसायमा संलग्न रहेको एमएडब्लू इन्जरप्राइजेजले हिन्दून्तान पेट्रोलियमका प्रोडक्ट नेपाल ल्याउने भएको हो । 

एमएडब्लूले देशभर शाखा विस्तारका लागि कर्मचारी माग गरेको छ । नेपाली बजारमा इन्धनसमेत बिक्री गर्ने गरि एमएडब्लूले काम गरिरहेको जनाएको छ । भारतको मुम्बई र विसखापटनममा हिन्दूस्तान पेट्रोलियमको दुईवटा रिफाइनरी उद्योग संचालनमा रहेको छ । 




image not found