क्रेटालाई टक्कर दिन आएको किक्सको बेहाल, भारतमा मेमा बिक्री ७९ युनिट मात्रै

भारतीय बजारमा २०१९ को मेमा मिडसाईज एसयूभीको बिक्रीको तथ्यांक सार्वजनिक भएको छ । सो महिना हुन्डाई क्रेटा ९ हजार ५४ वटा बिक्री हुँदा क्रेटाकै प्रतिस्पर्धीको रुपमा बजारमा आएको निसानको किक्स सोही अवधिमा ७९ वटामात्र बिक्री भएको छ । 

यद्यपी यो सेगमेन्टमा अघिल्लो वर्षको तुलनामा सबै मोडलको बिक्रीमा गिरावट आएको छ । क्रेटापछि धेरै बिक्री हुने एसयूभीको दोस्रो स्थानमा महिन्द्र स्कर्पियो रहेको छ । ०१९ को मेमा ३ हजार ४७८ वटा स्कर्पियो बिक्री भएको छ । गत वर्षको सोही अवधिमा ३ हजार ७७५ वटा स्कर्पियो बिकेको थियो । 

तेस्रो स्थानमा रहेको टाटा ह्यारियर १ हजार ७७९ वटा बिक्री भएको छ । टाटा ह्यारियर पछि चौथो स्थानमा मारुती सुजुकीको एस–क्रस रहेको छ । ०१९ को मेमा एस–क्रस १ हजार ५०७ वटा बिक्री भएको छ । जब की गत वर्षको सोही अवधिमा यो गाडी ४ हाजर ६१० वटा बिकेको थियो ।  

पाँचौ स्थानमा महिन्द्राको एक्सयूभी–५०० रहेको छ । यो वर्षको मेमा एक्यूभी–५०० १ हजार १९५ वटा बिकेको छ । ०१८ को मेमा यो गाडी २ हजार ७७० वटा बिक्री भएको थियो । त्यस्तै छैटौं स्थानमा जीप कम्पास रहेको छ जुल यो वर्षको मेमा ९ सय ७७ वटा बिक्री भएको छ । गत वर्षको सोही अवधिमा १ हजार ५१८ वटा कम्पास बिकेको थियो । 

जीप कम्पासलाई पच्छाएको रेनो डस्टर सातौं स्थानमा पुग्दा मेमा ६ सय ७२ वटा बिक्री भएको छ । गत वर्षको मेमा १ हजार ४६ वटा डस्टर बिकेको थियो । आठौं स्थानमा निसान टेरानो १ सय ६६ वटा, नवौं स्थानमा टाटा सफारी १ सय ५२ वटा र दशौं स्थानमा निसान किक्स रहेको छ जुन ७९ वटामात्र बिक्री भएको छ । 


Back_to_top