काठमाडौं । विश्वभर नै दुईपाङ्ग्रे सवारी चलाउनुलाई जोखिमपूर्ण ‘ड्राइभिङ’भनेर चर्चा गरिन्छ । विश्वका सबै देशहरूमा धेरै दुर्घटनमा पर्ने र जोखिम पनि दुईपाङ्ग्रेमै हुने गरेको विभिन्न तथ्यांकले देखाएको छ ।
यसमा सहज उत्तर के पनि हो भने दुईपाङ्ग्रेमा अडिएर ड्राइभिङ गर्नुपर्ने भएकोले चारपाङ्ग्रेको तुलनामा दुईपाङ्ग्रे २ सय प्रतिशत बढी जोखिमको यात्रा हो । सडकमा आफुमात्रै दुर्घटना पर्नेभन्दा पनि अन्य सवारीलाई समेत दुईपाङ्ग्रेले जोखिम बढाएको पाइन्छ । अधिकांश दुर्घटनामा दुईपाङ्ग्रे सवारीकै कारणले हुने गरेको छ ।
दुुईपाँग्रेमा महिला चालक पुरुष भन्दा भद्र र नियमको पालना गर्ने भएकोले कम दुर्घटना हुने गरेकोसमेत अध्ययनले देखाएको छ ।
नेपालमा पनि सबैभन्दा बढी दुर्घटनमा दुईपाङ्ग्रेकै कारण हुने गरेको छ । अझ सबैभन्दा महत्वपूर्ण कुरा भनेको दुईपाङ्ग्रे दुर्घटनमा मृत्युदरसमेत उच्च रहेको तथ्यांकले देखाएको छ ।
नेपालमा प्रत्येक वर्ष ३ लाख ५० हजारभन्दा बढी दुईपाङ्ग्रे सवारीसाधन भित्रिने गरेको छ । नेपालमा हाल ३० लाख सवारी रहेकोमा २४ लाख दुईपाङ्ग्रे सवारी रहेको छ ।
युवा तथा किशोर/किशोरीहरूले बढीमात्रामा चलाउने दुईपाङ्ग्रे सवारीसाधनले ट्राफिक नियमको समेत सबैभन्दा बढी उल्लंघन गर्ने गरेको पाइन्छ । कोचिन साइन्स एन्ड टेक्नोलोजी युनिभर्सिटीको एक अध्ययनकाअनुसार दुईपाङ्ग्रे सवारी किशोर तथा युवा चालकका कारण पनि बढी जोखिम दुर्घटना हुने गरेको देखाएको छ ।
दुुईपाङ्ग्रेमा महिला चालक पुरुषभन्दा भद्र र नियमको पालना गर्ने भएकोले कम दुर्घटना हुने गरेकोसमेत अध्ययनले देखाएको छ । दुईपाङ्ग्रेका चालकहरू मादकपदार्थ सेवन तथा गुडेको अवस्थामा फोनमा कुरा गर्ने र उच्चगतिमा हाक्नेहरू बढी दुर्घटनामा परेको पाइएको छ ।
पाँचवर्ष अगाडी र पछाडीको अवस्था उस्तै
उक्त युनिभर्सिटीले केरला राज्यमा गरेको अध्ययनअनुसार सन् २०१७ मा १५ हजार ३ सय ५ वटा दुईपाङ्ग्रे सवारी दुर्घटनामा परेको थियो । जसमा १४ हजार ९ सय ६७ घाइते भएका थिए भने १ हजार ३ सय ७१ को मृत्यु भएको थियो ।
त्यस्तैगरी, पाँच वर्ष अगाडिको अवस्थामा पनि त्यस्तै रहेको अध्ययनले देखाएको छ । सन् २०१२ मा १५ हजार ९ सय ४१ दुर्घटनामा भएकोमा १२ हजार ४ सय ७९ घाइते भएका थिए भने १ हजार ६ सय ६८ को मृत्यु भएको थियो ।
दुईपाँग्रे सवारीसाधन धेरै जोखिम हुनुका ६ कारण
१. मादक पदार्थ सेवन
२. विना हेलमेट ड्राइभिङ
३. फोनको प्रयोग
४. भेइकलको अवस्थामा हेलचेक्राई
५. असुरक्षित ड्राइभिङमा प्रतिस्प्रर्धा
६. ट्राफिक नियम नमान्ने तथा परिवारको अधिनभन्दा बाहिर जानु
दुईपाङ्ग्रे सवारी दुर्घटनामा सबैभन्दा बढी प्लस २ मा अध्ययनरत किशोररकिशोरीहरू परेको अध्ययनले देखाएको छ । विश्वभर नै उमेरअनुसार ड्राइभिङ दुर्घटनमा भिन्नता हुने गरेको छ ।
विशेषगरी, पावर दुईपाङ्ग्रेका प्रयोगकर्ताहरू उच्च र असुरक्षित क्रियाकलाप ड्राइभिङमा गर्ने गरेका छन् । विश्वमा मोटरसाइकलका लागि भनेर कुनै पनि राजमार्गहरू डिजाइन भएको हुँदैन । नेपालमा पनि १ सय सीसी मोटरसाइकल चलाउने मिल्नेखालका राजमार्गमात्रै रहेका छन् ।
अन्य हेभी बाइकको लागि नेपालमा कुनै पनि राजमार्गमा डिजाइन भएको छैन । त्यसैले पनि नेपालमा केरलामा जस्तै दुईपाङ्ग्रे सवारी बढी मात्रामा दुर्घटनामा पर्ने गरेको छ ।

