बाइकलाई सडक उपभोग कर, कुन बाटोमा कति तिर्नु पर्छ (सूचीसहित)

Not found

काठमाडौं । सरकारले केही दिनअघि सडक प्रयोग गरेबापत सवारीसाधनले तिर्नुपर्ने सडक दस्तुर वृद्धिको निर्णय गरेको थियो । उक्त निर्णय अनुसार अब काठमाडौं बाहिर मोटरसाइल लिएर घुम्न जानेलाई समेत महंगो पर्ने भएको छ ।

काठमाडौंबाट काँकडभिट्टा पुग्न एउटा मोटरसाइकलले नौविसे–मुग्लिङमा १० रुपैयाँ, नारायणगढ–हेटौंडामा १० रुपैयाँ, कोशी–जैहरुवामा १० रुपैयाँ, इटहरी–दमकमा १० र दमक–काँकडभिट्टा सडकमा १० रुपैयाँ गरी ५० रुपैयाँभन्दा बढी सडक दस्तुर तिर्नुपर्ने भएको छ ।

विगतमा उक्त रुटमा ३ ठाउँमा मात्र सडक दस्तुर तिर्नुपर्ने थियो त्यो पनि प्रति स्थान ५ रुपैयाँमात्र । १५ रुपैयाँ सडक दस्तुर तिरेर काठमाडौंबाट मोटरसाइकलमा काँकडभिट्टा पुगिनेमा अब ५० रुपैयाँ तिर्नुपर्ने छ ।

अब काठमाडौंबाट बुटवल पुग्ने मोटरसाइकलले अब २० देखि ३० रुपैयाँ सडक दस्तुर बुझाउनु पर्छ ।

बढाइएको सडक उपभोग दस्तुर नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि कार्यान्वयनमा आउने छ । बाटो उपभोग गरेबापत तिरिने रकम तिर्दा त्यतिबेला खुसी लाग्छ जतिवेला सडक खाल्डाखुल्डी रहित र स्मुद हुन्छन् । तर हाम्रो देशमा भएका सडक कुनैपनि सडक शुल्क तिर्न योग्य जस्ता देखिँदैनन् ।

सरकारले शाखा सडकहरुमा समेत सडक दस्तुर कायम गरेको छ । विगतमा केही मूल सडकमा मात्र सडक दस्तुर कायम गरिएको थियो । यसले सार्वजनिक सवारी प्रयोगकर्तालाई मात्र होइन निजी कार तथा मोटरसाइकल प्रयोगकर्तालाई समेत प्रत्यक्ष प्रभाव पारेको छ ।



image not found