सवारी बीमा ५ लाखबाट १० लाख बनाइँदै

Not found

काठमाडौं । यात्रु बीमा र तेस्रो पक्षिय बीमा रकम ५० प्रतिशतले बढ्ने भएको छ । बीमा समितिले यात्रु तथा थर्ड पाटि सवारी बीमा रकम ५ लाख रुपैयाँबाट १० लाख रुपैयाँ बनाउन लागेको हो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हालैमा यात्रु तथा थर्ड पाटि बीमा रकम १० लाख रुपैयाँ दिने भनेपछि यसको गृहकार्य बीमा समितिले सुरु गरेको हो । 

यात्रु तथा थर्ड पाटि सवारी दुर्घटनामा १० लाख रुपैयाँ पुर्याउने व्यवस्था मिलाउन लागिएको बीमा समितिका कार्यकारी निर्देशक राजु रमन पौडेलले जानकारी दिए । 

उनका अनुसार हालै मात्र बीमा कम्पनीहरुलाई ३ दिन भित्र बीमा शूल्क अध्ययनका लागि सवारीको डाटा माग गरिएको छ । ‘मन्त्रालयले बीमा शुल्क बढाउने निर्णय गरेको हो, हामीले बीमा कम्पनीसँग डाटा मागिरहेका छौँ, अहिले यो विषयमा गृहकार्य भइरहेको छ,’ पौडेलले मेरोअटोसँग भने । 

उनले बीमा रकम यात्रु तथा थर्ड पाटिका लागि मात्र बढाउन लागेको बताए । १÷२ साता भित्रै बीमा शूल्क कति तोक्ने हो परिणाम आउने उनले जानकारी दिए । 

गम्भिर प्रकृतीका घाइतेको बीमा रकम १५ लाख रुपैयाँसम्म पुर्याउने विषयमा छलफल चलिरहेको उनले बताए । बीमा रकम वृद्धि पछि सवारी दृर्घटनामा पर्नेले सो रकम पाउने छन् । 



image not found