भारतमा निरन्तर ओरालो लाग्यो दुइपाँग्रे सवारीको बिक्री, यस्तो छ तथ्यांक

भारतीय बजारमा सुजुकी कम्पनी बाहेक अन्य दुई पाँग्रे सवारी बिक्रेता कम्पनीको व्यापार आरोलो लागेको छ । जुन महिनाको बिक्री तथ्यांक अनुसार दुइपाँग्रे सवारीको बिक्रीमा गिरावट आएको हो । 

जुन महिनामा धेरै मोटरसाइकल बिक्रेता कम्पनीकै व्यापारले सकारात्मक रुप लिन सकेन । यो महिनामा राम्रो व्यापार गरेको सुजुकी कम्पनीले ५७ हजार २३ वटा मोटरसाइकल बिक्री गरेको छ । २०१८ को जुनमा ४६ हजार ७१७ वटा मोटरसाइकल बिक्री गरेको यस कम्पनीको व्यापार २२ प्रतिशतले वृद्धि भएको देखिन्छ । 

केही महिना अगाडि सार्वजनिक भएको स्कुटर वर्गम्यान स्ट्रिट र हालसालै सार्वजनिक भएको जिक्सर एसएफ २५० को बिक्री बढ्दा कम्पनीको व्यापार उकास्सिएको हो ।

गत वर्षको जुन महिनामा पाँचौ स्थानमा रहेको रोयल इन्फिल्डको व्यापारमा यो वर्ष २४ प्रतिशत गिरावट आएको छ । गत वर्षको जुन महिनामा ७२ हजार ५८८ वटा मोडल बिक्री गरेको रोयल इन्फिल्डले यो वर्षको जुन महिनामा मात्रै ५५ हजार ८२ वटा मोडल बिक्री गरेको हो । 

यस्तै, बजाजको बिक्री १ प्रतिशतले गिरावट आएको छ । गत वर्षको जुन महिनामा २ लाख ९४९ वटा मोडल बिक्री गरेको बजाजले यो वर्षको जुन महिनामा १ लाख ९९ हजार ३४० वटा मोडल  बिक्री गरेको छ । 

तेस्रो स्थानमा रहेको टीभीएस कम्पनीको व्यापारमा पनि ८ प्रतिशतले गिरावट आएको छ । २०१८ को  जुनमा महिनामा २ लाख ४६ लाख १७६ वटा मोडल बेचेको टीभीएसले यो वर्षको सोही महिनामा २ लाख २६ हजार २७९ वटा मोडल बिक्री गरेको छ । 

यस्तै, १२.५ प्रतिशत गिरावट खेपेको हिरो मोटकर्पले यो जुन महिनामा ६ लाख १६ हजार ५२६ वटा मोडल बिक्री गरेको छ । कम्पनीले २०१८ को जुन महिनामा ७ लाख ४ हजार ५६२ वटा मोडल बिक्री गरेको थियो । 

१६ प्रतिशत गिरावट खेपेको अर्काे टूह्वीलर कम्पनी होन्डाले जुन महिनामा ४ लाख ५० हजार ८८८ वटा मोडल बिक्री गरेको छ । २०१९ को सोही महिनामा कम्पनीले ५ लाख ३५ हजार ४९४ वटा मोटरसाइकल तथा स्कुटरको बिक्री गरेको थियो ।


Back_to_top