नाडा अटो शोमा सबैभन्दा महंगो मोटरसाइकल, मूल्य सूचीसहित

Not found

काठमाडौं । मोटरसाइकल उत्पादक कम्पनी एमभी अगस्टाको लागि नेपालको आधिकारीक वितरक भेलोसिटी प्राइभेट लिमीटेडले नाडा अटो शोमा महङ्गो मूल्यका पाँच मोटरसाइकललाई  प्रदर्शनीमा राखेको छ । कम्पनीले अटो शोमा राखेको ब्रुटल ८०० आरआर एलएच ४४ लेविस ह्यामील्टन लिमीटेड एडिशन बाइकको मूल्य ७३ लाख ९० हजार  रहेको छ ।

फर्मुला १ च्याम्पीयन लेविस ह्यामील्टनसंगको सहकार्यमा निर्माण भएको यो मोटसाइकलमा युरो फोर इनलाइन थ्रि सिलिन्डर इन्जिन लगाइएको छ । अन्य मोडलको तुलनामा प्राविधीक रुपान्तरण सहित ल्याइएको यस मोडलमा उपलब्ध इन्जिनले १४० हर्ष पावर उत्पादन गर्छ भने प्रतिघन्टा २४४ किलोमिटर माइलेज प्रदान गर्छ ।

यसको टपस्पिड क्षमता प्रतिघन्टा २४४ किलोमिटर माइलेज दिनेगर्छ । यसमा कम्प्याक्ट र लाइटवेट डबल च्यानल एबिएसको विशेषता दिइएको छ । यसले फ्रन्ट र रियरमा दिइएको ब्रेकको प्रभावलाई कम गर्ने गर्छ । 

यो बाइक  ब्ल्याक, रेड र ह्वाइट पेन्ट सेममा उपलब्ध हुनेछ । कार्बन फाइबर कम्पोनेन्ट दिइएको छ भने, क्रेमिक बेस कोटिंग गरिएको छ । यसमा उपलब्ध ब्रेक, क्लच लिभर, फ्लुड रिजर्भर क्याप, लाइटवेट अलोय बिलेट कार्बन फाइबरबाट बनेको कम्पनीले जनाएको छ । यसका साथै बाइकमा ट्यांक क्याप, इन्जिन आयल फिल्टरक्याप, क्लच कभर गार्ड र अल्टरनेटर गार्ड लगायतका विशेषता दिइएको छ ।


 यो मोटरसाइकल अटोशोमा राखिएका मध्ये सबैभन्दा महङ्गो मूल्यको बाइकको सूचीमा परेको छ । लिमिटेडले सन् २०१७ देखि नेपालमा एमभी अगस्टाको मोटरसाइकलको बिक्री गर्दै आएको छ । यसका साथै एमभी अगस्टाले नाडा अटोशोमा अन्य पाँच मोटरसाइकल राखेको छ । जसमध्ये, एफफोरको मूल्य ६१ लाख ९० हजार, टुरिज्मो भेलोसको ५७ लाख ९० हजार, ब्रुटल ८०० आरआरको ४६ लाख ९० हजार, ८०० स्टान्र्डडको ४८ लाख ८० हजार र एफथ्रि ६७५ को मूल्य ४३ लाख ७५ हजार रुपैयाँ रहेको छ ।



image not found