विमान अवतरणका क्रममा अगाडिको ल्यान्डिङ गियर फेल भएपछि...

Not found

म्यानमार एयरलायन्सको एक विमान ल्यान्डिङ गियर फेल हुँदा पाइलटले विमानलाई आपतकालीन अवतरण गराएका छन् । ८९ जना सवार उक्त विमानको ल्यान्डिङ गियरमा समस्या आएपछि आज बिहान विमानलाई आपतकालिन अवतरण गराइएको एयरलायन्स सम्बद्ध अधिकारीहरुले बताएका छन् ।

यस दुर्घटनामा कुनै पनि मानविय क्षति भने भएको छैन । म्यानमारमा यस्तो घटना एक हप्तामा नै दोस्रो पटक भएको हो । मंडाले एयरपोर्टमा भएको यो आपतकालीन ल्यान्डिङ इम्बेरियर १९० मोडलको जहाज हो । 

म्यानमारको नागरिक उड्यान विभागका उपमहानिर्देशक ये हुत आंगले एएफपीसँग कुरा गर्दै भनेका छन् ‘पाइलटले विमानको अगाडिको ल्यान्डिङ गियर खोल्ने धेरै पटक प्रयास गरे । पछि म्यानुयल्ली खोल्ने प्रयास गर्दापनि नखुलेपछि निकै सुझबुझ पूर्ण ढंगले पछाडिको चक्काको सहायताले विमान ल्यान्ड गरेका थिए ।’

विमानमा सवार यात्रुका अनुसार विमानको घर्षणबाट निकै ठूलो धुवाँ निस्केको र धेरै टाढासम्म विमान घिस्रेर गएको थियो ।  



image not found