४५ हजार एकतर्फी भाडामा जापान जान सकिने, असार १९ गते निगमको पहिलो उडान

काठमाडौं । नेपाल वायुसेवा निगमले असार १९ गतेदेखि काठमाडौं–ओसाका–काठमाडौं उडान गर्ने भएको छ । वाइड बडी जहाज ल्याएसँगै निगमले जापानमा व्यवसायीक उडान सुरु गर्ने बताउँदै आएको थियो । अब भने जहाजले आफ्नो उडान तालिका नै सार्वजनिक गरेको हो ।

नेपाल वायुसेवा निगमले करिब १२ वर्षपछि जापानको ओसाकासम्मको सिधा उडान उडानसुरु गर्ने भएको हो । निगमले करिब १२ वर्ष अघि भने काठमाडौं चीनको संघाई हुँदै ओसाकासम्मको उडान भरेको थियो । 

निगमले एकतर्फी उडानका लागि नेपाली यात्रुलाई ४५ हजार ७८८ रुपैयाँ र दुई तर्फी उडानको भाडादर ८९ हजार ९७ रुपैयाँ निर्धारण गरेको छ । यस्तै, विदेशी यात्रीलाई  एक तर्फी उडानका लागि ४६ हजार ८१८ रुपैयाँ र दुइतर्फी उडानका लागि ९० हजार २ सय २२ रुपैयाँ भाडादर निर्धारण गरेको छ । 

निगमको जापान सिधा उडान भएपछि नेपालबाट जापान अध्ययन गर्न गएका विद्यार्थीलाई प्रत्यक्ष फाइदा पुग्ने छ । त्यस्तै जापान सरकारले नेपाली कामदार लाने सहमती गरेकाले कामदारलाई समेत फाइदा पुग्नेछ । 

त्यस्तै जापान सिधा उडान पछि नेपाल आउने पर्यटकको संख्यासमेत बढ्ने अनुमान गरिएको छ । 


Back_to_top